शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको गजुरीमा ट्रकभित्र चालक मृत अवस्थामा फेला

धादिङको गजुरीमा ट्रकभित्र चालक मृत अवस्थामा फेला

  • 3.8K
    SHARES
  • धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ बान्छेटारमा ट्रकभित्र सवारी चालक मृत अवस्थामा भेटिएका छन् । काठमाडौबाट रुपन्देहि जादै गरेको ना ६ ख ७००३ नम्बरको मालवाहक ट्रकका चालक रुपन्देहि सालजन्डी ,६ का ३० बर्षिय सुर्य प्रसाद डङ्गोरीया थारु मृत भेटिएका हुन ।मृतक थारुको शव, गजुरी सामुदायिक अस्पतालमा रहेको शव गृहमा राखिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षकले बताएका छन । पाण्डेका अनुसार मृतक थारुले गत राती नजिकैको पसलमा अल्कोहल खाएका थिए । आइतबार बेलुकी अल्कोहल खाएर आफ्नै ट्रकमा सुतेका थारु सोमबार विहान मृत अवस्थामा भेटिएको हो । ट्रकका सह चालक कपिलवस्तुका सिमोन थारुलाई सोधपुछको लागि इलाका प्रहरी कार्यालय गजुरीकामा राखिएको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । तस्विरः pabilnews बाट २०७६ माघ ०६ गते प्रकाशित  

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ७, २०७६ मंगलवार - ०५:१३:४३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology