शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिद्धलेक २ र ३ का ६९ जना जेष्ठ नागरिक सम्मानित

सिद्धलेक २ र ३ का ६९ जना जेष्ठ नागरिक सम्मानित

  • 4.3K
    SHARES
  • धादिङ । सिद्धलेक गाँउपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम सुरुवात गरेको छ । आईतबार जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमका बिच सम्मान गर्दै सम्मान कार्यक्रमको उद्घघाटन गरिएको थियोे । सोमबार सिद्धलेक गाँउपालिकाको वडा नम्बर २ ठाँटी भन्ज्याङका ३१ जना र वडा नम्बर ३ द्वारथोकका ३८ जना गरि ६९ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । त्यस्तै वडा नम्बर ४ अन्तरगत पाएक पर्ने स्थानका जेष्ठ नागरिकहरुलाई पनि आजै वडा नम्बर ३ द्वारथोकमानै सम्मान गरिएको सिद्धलेक गाउपालिकाका महिला,बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख पवित्रा अर्यालले बताउनु भयो । कार्यक्रममा ८५ बर्ष उमेर कटेका जेष्ठ नागरिकलाई हर्लिक्स लगायतका उपहार,आवत–जावत खर्च सँगै स्वास्थ्य जाँच गराई सम्मान गरिएको हो । हर्लिक्स पाएपछि जेष्ठ नागरिकहरु खुशी भएका छन् । यसरी सम्मान गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद र आर्शिवाद दिनुभएको थियो ।   २०७६ माघ ०६ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ७, २०७६ मंगलवार - ०५:४८:३२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology