शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा मिनी ट्रक दुर्घटना, ६ जनाको मृत्यु ३२ घाईते

धादिङमा मिनी ट्रक दुर्घटना, ६ जनाको मृत्यु ३२ घाईते

  • 5.6K
    SHARES
  • धादिङ । धादिङको निलकण्ठ नगरपालिका ८ मा मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु र ३२ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी० रवीन्द्र रेग्मीले जानकारी दिएका छन । मृतकको सनाखत भएको छैन । दुर्घटनामा घाइते जना मध्ये ५ जना गम्भीर घाइते छन् । घाइतेलाई उपचारका लागि काठमाडौं पठाउन लागिएको एसपी रेग्मीले बताएका छन । धादिङको ज्वालामुखी गाउँपालिका ४ मा रहेको ढोला मण्डलीमाईको दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको ग१ख १२८० नम्बरको मिनी ट्रक दुर्घटना भएको हो । मिनी ट्रकमा ढोला मण्डलीमाईको दर्शन गर्न गएका निलकण्ठ नगरपालिका २ भुलभुलेका बासिन्दा चढेको प्रहरीले बताएको छ ।   २०७६ माघ ०७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ८, २०७६ बुधवार - ०२:०९:५३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology