शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

(अपडेट) मिनी ट्रक दुर्घटनामा ७ को मृत्यु ,गम्भिर १० जनालाई हेलिकप्टरबाट काठमाण्डौं लगियो

(अपडेट) मिनी ट्रक दुर्घटनामा ७ को मृत्यु ,गम्भिर १० जनालाई हेलिकप्टरबाट काठमाण्डौं लगियो

  • 4.7K
    SHARES
  • धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु चढेको ट्रक दुर्घटना हुँदा जनाको मृत्यु भएको छ। मंगलबार ढोलामण्डलीमा लागेको मेला दर्शन गरेर फर्किदै गरेका स्थानीय चढेको ग १ ख ८०१२ नम्बरको आइचर ट्रक दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रवीन्द्र रेग्मीका अनुसार ७ जनाको मृत्यु भएको हो। केहीको घटनास्थलमै मृत्यु भएको र केहीको उपचारको क्रममा जिल्ला अस्पताल धादिङ मृत्यु भएको अस्पतालका अध्यक्ष अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए। ज्वालामुखी गाउँपालिका ४ बाट धादिङबेसी फर्किदै गरेको ट्रक निलकण्ठ नगरपालिका ९ मैलीभञ्ज्याङमा सडकमै पल्टिएको हो। ट्रकमा ४५ जना यात्रु सवार रहेको प्रहरीले बताएको छ। प्रत्यक्षदर्शी विजय अधिकारीका अनुसार तीब्र गतिका कारण आइचर दुर्घटना भएको हो। दर्जनौ यात्रुसँगै चालक गम्भीर घाइते छन्। दुर्घटनाका गम्भीर घाइते १० जनालाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको एसपी रेग्मीले बताए। अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइराखेको छ। २०७६ माघ ०७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ८, २०७६ बुधवार - ०२:३९:१६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology