शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

(अपडेट) मिनी ट्रक दुर्घटनामा ७ को मृत्यु, हेलिकप्टर चार्टर खर्च नगरपालिकाले बेहोर्ने (मृतकको सनाखद))

(अपडेट) मिनी ट्रक दुर्घटनामा ७ को मृत्यु, हेलिकप्टर चार्टर खर्च नगरपालिकाले बेहोर्ने (मृतकको सनाखद))

  • 6.0K
    SHARES
  • धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित मैदी भञ्ज्याङ नजिक आईचर ट्रक दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । घाईतेहरुको उद्धारको हेलिकप्टर चार्टर गर्दा लागेको सबै खर्च नीलकण्ठ नगरपालिकाले बेहोर्ने मेयर भिम प्रसाद ढुङ्गानाले जानकारी दिनु भएको छ । मृत्यु हुनेमा निलकण्ठ नगरपालिका वडा नम्बर २ भुलभुलेका सेते गुरुङ, प्रेमबहादुर गुरुङ, ध्वजबहादुर गुरुङ, बेलबहादुर गुरुङ, पूर्ण नारायण श्रेष्ठ, विदुर गुरुङ र तिलकबहादुर गुरुङ रहेको छ । ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थीत ढोला मण्डली मन्दिर गएर फर्कदै गरेको ग १ ख ८०१२ नम्बरको आईचर ट्रक दुर्घटना भएको हो । चालकको लापारबाहीका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले बताउनुभयो । दुर्घटनामा परी ३० जना भन्दा बढी घाईते भएका छन् । गम्भीर घाईते ११ जनालाई सेनाको हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिनुभयो । अन्य घाईतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।   २०७६ माघ ०७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ८, २०७६ बुधवार - ०४:१४:०२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology