विपिन मल्ल
गल्छि । जिल्लाको सम्पूर्ण स्कुल तथा क्याम्पस स्तरका बिद्यार्थीलार्इ समेटेर नेपाल विद्यार्थी संघ गल्छी गाउँपालिकाले वनभोज तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। वनभोज तथा अन्तरक्रिया कार्यक्रम माघ ११ गते शनिवार ११ बजे गल्टिमा हुने आयोजकले बताएको छ।

नेबिसंघलाई जिल्लामा थप उचाई दिनुपर्ने र उर्जावान बिद्यार्थीहरुलाई एकै ठाउँमा भेला गर्ने कार्यक्रमको उद्देश्य रहेको कार्यक्रमको संयोजक समेत रहनु भएको नेबिसंघ गल्छी गाउँपालिकाको अध्यक्ष राजु पुलामीले जानकारी दिनुभयो वनभोज तथा अन्तरक्रिया कार्यक्रमको आर्थिक समितिको जिम्मेवारी श्रीराम खतिवडाले लिदै वनभोज तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने बिद्यार्थीलाई कुनै पनि शुल्क नलाग्ने बताएका हुन् ।
कार्यक्रमलाई सफल बनाउन धुनिबेशी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, बेनीघाट रोराङ गाउँपलिका, सिद्धलेक गाउँपालिका, निलकण्ठ नगरपालिका लगायत करिव धादिङको सम्पूर्ण गाउँपालिकाको बिद्यार्थी संगठन सँग समन्वय भइरहेको र निम्न स्थानिय तहको सम्पूर्ण बिद्यालय तथा क्यापसका बिद्यार्थी आउने आयोजकको दावी रहेको छ। यस्तै कार्यक्रमलाई सफल बनाउन नेबि संघ धादिङ, नेपाली काग्रेस गल्छी गाउँपालिका, धादिङ जिल्लाको सम्पूर्ण गाउँपालिका समन्वय समितीले बिशेष सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेस महा समिति सदस्य तथा धादिङका नेता विश्व प्रसाद अर्यालको प्रमुख अतित्थ्यतामा बनभोज तथा अन्तरक्रिया हुने आयोजकले बताएको छ ।
२०७६ माघ ०९ गते प्रकाशित