शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मिस धादिङ आइडल २०२० कि विजेता श्रेष्ठद्धारा छात्राबासमा सहयोग

मिस धादिङ आइडल २०२० कि विजेता श्रेष्ठद्धारा छात्राबासमा सहयोग

  • 5.9K
    SHARES
  • अर्जुन श्रेष्ठ धादिङ। धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा रहेको आमाको माया छात्राबासका बालबालिकाहरुलाई आज शैक्षिक सामाग्री तथा फलफुल वितरण गरिएको छ । मिस धादिङ आईडल २०२० की बिजेता रोहन्सा श्रेष्ठले आफ्नो दाई रोहन श्रेष्ठको जन्म दिनको अबसर पारेर विहिबार छात्राबासमा रहेका बालबालिकाहरुलाई २५ हजार बराबरको शैक्षिक सामाग्री तथा फलफुल वितरण गरेका हुन् । विजेता श्रेष्ठले सामाजिक कार्यमा रुचि रहेकोले मिस धादिङ आईडल २०२० पछि विहिबार विद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण गरेको बताइन् । यसैगरि आगामी दिनहरुमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने श्रेष्ठको भनाई छ । मिस धादिङ जस्तै अन्य प्रतियोगिताहरु जस्तो मिस नेपालहरुमा पनि सहभागी हुनको लागि आफुले विभिन्न कोर्ष लिइरहेको उनले बताइन् । आफुसँग क्षमता छ भने क्षमताको कदर हुने रहेछ । उनले भनिन्– परिवारको साथ र सहयोगले सफलता हात पारेको हो । जसको जन्मदिने आमाबुबा नै छैन । जो समस्यामा छन् । उनीहरुलाई सहयोग गर्न पाउदा खुषी लागेको उनले बताइन् । त्यस्तै, रोहन्साका आमा संगिताले छात्राबासमा सहयोग गर्न लगाएर छोराछोरीलाई सामाजीक कार्यमा लाग्न उत्पे्ररणा जगाएको बताइन् । छोराछोरीलाई आफुले दिने संस्कार अनुसार नै चल्ने हुदा सामाजिक कार्यमा लाग्न प्रेरित गरेको उनले बताइन् । च्यकभ mबचचथ अजष्मि अबचभ दयबचमष्लन कअजयय िसञ्चालन गर्दै आएकी श्रेष्ठले अर्को वर्षदेखि छात्राबासका २ जना बालबालिकालाई पढाइदिने समेत बताइन् । छात्राबासको निति नियम कस्तो छ । २ जना बालबालिकालाई पढाइदिन मिल्ने भए सहयोग गर्ने उनले बताए । विं।सं २०७४ सालमा स्थापना भएको छात्राबासमा धादिङ लगायत थुप्रै जिल्लाका २२ जना बालबालिकाहरु रहेका छन् । फलफुल तथा शैक्षिक सामाग्री पाएसँगै उनीहरु पनि खुषी बनेका छन् ।
    २०७६ माघ ०९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १०, २०७६ शुक्रवार - ०४:१७:२५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology