शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रजतबर्षको अवसरमा ग्रीनल्याण्डको फुटसल प्रतियोगिता आयोजना गर्दै

रजतबर्षको अवसरमा ग्रीनल्याण्डको फुटसल प्रतियोगिता आयोजना गर्दै

नागरिक पाटी

१२, माघ २०७६
  • 5.3K
    SHARES
  • नागरिक सम्बाददाता  भरतपुर महानगरपालिका वडा नम्बर १२ मा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले अन्तरस्कुल फुटसल प्रतियोगिता गर्ने भएको छ । स्कुलको स्थापनाको २५ औं बर्ष पार गरेको अवसरमा यही माघ १३ देखि १५ गतेसम्म फुटसल टुनामेण्ट आयोजना गर्न लागिएको स्कुलकी प्रिन्सिपल ईन्दिरा कार्कीले जानकारी दिनुभयो । उहांँका अनुसार फुटसल टुनामेण्ट स्कुलको नजिक रहेको थ्री लायन्स फुटसल क्लबमा गरिनेछ । यसका लागि जिल्लाका सबै स्कुललाई पत्राचार गरिसकिएको कार्कीले बताउनु भयो । फुटसलमा उत्कृष्ट हुने प्रतियोगिलाई नगद सहित सम्मान गरिने उहांँले बताउनु भयो । यसअघिपनि स्कुलले सामाजिक कार्यको साथै शैक्षिक गतिविधि गर्दै आईरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १२, २०७६ आइतवार - २२:२३:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology