शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको धुनिबेशी स्थित रमाईलोचौरमा आधारभुत स्वास्थ्य केन्द्र भवनको शिलान्यास

धादिङको धुनिबेशी स्थित रमाईलोचौरमा आधारभुत स्वास्थ्य केन्द्र भवनको शिलान्यास

नागरिक पाटी

१७, माघ २०७६
  • 9.3K
    SHARES
  • धुनिबेशी । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ३ रमाईलोचौर स्थित भालुखोलामा आधारभुत स्वास्थ्य केन्द्रको शिलान्यास गरिएको छ । सरकारको एक वडा एक स्वास्थ्य चौकी कार्यक्रम अनुसार विहिबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य र वडा अध्यक्ष प्रकाश हमालले स्वास्थ्य केन्द्र भवन निर्माणको शिलान्यास गर्नुभएको हो । निर्माण हुन लागेको भवनको लागि स्थानिय थलनाथ (कुमार) कडेलले ९ आना जग्गा उपलब्ध गराउनुभएको छ । कार्यक्रममा बोल्नुहुँदै नगरप्रमुख बालकृष्ण आचार्यले स्थानीय नागरिकलाई आधारभुत स्वास्थ्य सेवा पुराउने उदेश्यले स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न लागिएको बताउनुभयो । स्वास्थ्य सेवा नागरिकको नैसर्गिक अधिकार भएको भन्दै नगरपालिकाको तर्फबाट स्वास्थ्य क्षेत्रमा धेरै काम भैरहेको र विविध कानुन निमार्ण र जग निर्माणमा केन्द्रित रहेकाले देखिने काम हुन नसकेकोमा अब परिणाम पनि बिस्तारै देखिदै जाने उहाँको भनाई छ । सरकारले सुरुवातमा एक वडा एक अधारभुत स्वास्थ्य केन्द्र कार्यक्रम ल्याएको बताउँदै आगामी दिनमा एकै वडामा पनि भुगोल र आवश्यकता अनुसार स्वास्थ्य चौकी बनाउन सकिने उहाँको भनाई छ । धुनिबेशीमा वडा नं १,२,३, ५, ६, ८ र ९ गरी ६ वटा वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना हुँदैछ भने वडा न १ र ८ बाहेकका वडामा भवन निर्माण कार्य सुरु भैसकेको छ । वडा नम्बर ३ मा बन्ने स्वास्थ्यकेन्द्र भवन बैशाख भित्र बनाईसक्ने ठेकेदार राजाराम सेढाँईको छ । कार्यक्रममा नेकपा नगर कमिटी सँयोजक रामराजा पाण्डे, सचिव राजकुमार पाठक, वडा अध्यक्षहरु कृष्ण कुमार रेग्मी, हरि सुबेदी, नगरपालिका स्वास्थ्य शाखाबाट हेमन्त सुबेदी लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधी, जनप्रतिनिधी, स्थानिय लगायत सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १७, २०७६ शुक्रवार - ०२:४१:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology