शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नगर प्रमुख आचार्यद्धारा धुनिबेशी १ ओडारेमा प्रबलीकरण गरिएको नमुना घर हस्तान्तरण

नगर प्रमुख आचार्यद्धारा धुनिबेशी १ ओडारेमा प्रबलीकरण गरिएको नमुना घर हस्तान्तरण

नागरिक पाटी

२१, माघ २०७६
  • 7.4K
    SHARES
  • धुनिबेशी । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर १ ओडारेमा प्रबलीकरण गरिएको नमुना घर हस्तान्तरण गरिएको छ । धुनिबेशी नगरपालिका प्रमुख बाल कृष्ण आचार्यले एक कार्यक्रममका विचमा ओडारेका शम्भे तामाङको घर आज सोमबार हस्तान्तरण गर्न भएको हो । निर्माण सुरु गरिएको २ महिनामा सम्पन्न गरी शम्भे तामाङलाई घर हस्तान्तरण गरिको छ । वि.सं २०७२ साल बैशाख १२ गते गएको भुकम्पका कारण चिरा चिरा परेको माटो ढुङगाबाट निर्माण गरिएको घर नमुना मोडल हाँउसका रुपमा बनाएर घर धनिलाई हस्तान्तरण गरिएको छ । भुकम्पका कारण चिरा चिरा परेको घर अहिले प्रबलिकरण भएपछि बलियो भएकामा आफू खुसी भएको घर धनि शम्भे तामाङले बताएका छन । कार्यक्रममा बोल्नु हुदै नगर प्रमुख आचार्यले गरिव विपन्न समुदायका नागरिकको घर प्रबलिकरण गरि हस्तान्तरण गर्ने सहयोगी संस्थाहरुलाई धन्यवाद दिनु भएको छ । उहाँले यस ओडारेलाई नमुना गाउँका रुपमा विकास गर्नु पर्ने बताउनु भएको छ । कार्यस्थल तालिम मार्फत प्रबलिकरण गरिएको घर हस्तान्तरण कार्यक्रकको सञ्चालन नेपाल सरकार राष्ट्रिय पुर्न निर्माण प्रधिकरण केन्द्रिय आयोजना कार्यान्वयन ईकाई भवनको रहेका थियो भने सहायत निकायको रुपमा बेलायति सहायता नियोग,UNOPS ,बिल्ड चेन्ज,विविसि मिडिया एक्सनले गरेका हो । अहिले ओडारे गाउँमा छ वटा घरहरु प्रबलिकरण गरिएको छ भने अब अन्य ४ वटा विपन्न नागरिकको घर प्रबलिकरण गरिने UNOPS का सामाजिक परिचालक अरुण तामाङले बताउँनु भयो । कार्यक्रममा नगर प्रमुख बाल कृष्ण आचार्य, UNOPS का कर्यक्रम प्रमुख शुसान्त श्रेष्ठ,१ नम्बर वडाका वडा अध्यक्ष चन्द्र तामाङ, ५का वडा अध्यक्ष कष्ण कुमार रेग्मी,पुर्न निर्माण प्राधिकरण धनिबेशीका प्रमुख सन्जु भण्डारी , ईन्जिनियर, स्थानिय नागरिक लगायतको उपस्तिथि रहेका थिए । २०७६ माघ २० गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २१, २०७६ मंगलवार - ०४:१८:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology