शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा २० किलो लागुऔषध चरेससहित ५ जना पक्राउ

धादिङमा २० किलो लागुऔषध चरेससहित ५ जना पक्राउ

नागरिक पाटी

२१, माघ २०७६
  • 5.6K
    SHARES
  • धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–४ स्थित मलेखु–ताल्ती जाने कच्ची सडकखण्डबाट अवैध लागूऔषध २० केजी चरेससहित ५ जना पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय गजुरीको प्रहरी टोलीले लागु औषध चरेसको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा हिजो आइतबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–९, काफलपानी घर भई हाल बेनिघाट रोराङ गाउँपालिका २ काफलफेली बस्ने २८ वर्षीय सुकलाल गोम्बो, सोही ठाउँका १९ वर्षीय भिमवहादुर गोम्वो, २२ वर्षीय पासाङ तामाङ, कान्छामान स्याङतान र चरेस खरिद गर्न आएका म्याग्दी जिल्ला मालिका–२ निवासी ३० वर्षीय तिलक विक रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुको साथबाट चरेससहित चरेस बनाउन प्रयोग हुने तले जस्तो पदार्थ ९केमिकल० एक लिटर, विभिन्न कम्पनीको मोबाइल ४ थान र नगद दुई लाख चालिस हजार बरामद गरिएको प्रहरी नायव उपरीक्षक खड्ग बहादुर खड्काले जानकारी दिएका हुन । २०७६ माघ २० गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २१, २०७६ मंगलवार - ०४:४०:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology