धादिङ । ज्यामिरे दुर्घटनामा मृत्यु भएका परिवारलाई सिद्धलेक गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । माघ ७ गते नीलकण्ठ नगरपालिका ८ ससाहा ज्यामिरेमा भएको आईचर दुर्घटनामा मृत्यु भएका परिवारलाई मंगलबार सिद्धलेक गाउँपालिकाले जनही २५ हजार रुपैयाँ राहतस्वरुप आर्थिक सहयोग गरेको हो । दुर्घटनामा मृत्यु भएकाहरुको १३ औं दीनको पुण्यतिथीमा मंगलबार सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले जनही २५ हजारको दरले १ लाख ७५ हजार हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष सिलवालले मृतकका परिवारलाई काजकिरियाबाट उत्रन सहज होस् भन्ने हेतुले सहयोग गरिएको बताउनुभयो । ‘दुःखमा नागरिकलाई सघाउनु स्थानीय सरकारको कर्तव्य भएकाले केहि मात्रामा भएपनि आर्थिक सहयोग गरिएको सिलवालले बताउनुभयो।

मृतकहरुको १३ औं दीनको पुण्यतिथीमा नेकपा नीलकण्ठ नगर कमीटीको आयोजनामा श्रद्धान्जली सभा सम्पन्न भएको छ। श्रद्धान्जली सभामा प्रतिनिधि सभा सदस्य खेम प्रसाद लोहनीको प्रमुख आतीथ्य रहेको थियो । यस्तै मंगलबारनै महेन्द्र मा.वि.परीवार वाट मृतकका परिवारलाई जनही ५ हजार ४० को दरले ३५ हजार २ सय ४० रुपैँया विद्यालयका प्रधानाध्यापक जानुका कँडेलले हस्तान्तरण हस्तान्तरण गर्नुभएको छ ।

यहि माघ ७ गते नीलकण्ठ नगरपालिकाको ससाह ज्यामिरेमा मण्डली दर्शन गरि फर्केका नीलकण्ठ नगरपालिका वडा नं २ भुलभुलेका स्थानियहरु ट्रक दुर्घटनामा परी सात जनाले ज्यान गुमाउनुका साथै ठूलो सँख्यामा घाईते भएका थिए।
२०७६ माघ २१ गते प्रकाशित