२३, माघ २०७६
धादिङ । धादिङको नीलकण्ठ नगरपालिकामा सुरक्षित वैदेशिक रोजगारको विषयमा नगर कार्यसमितिका सदस्यहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका भित्रबाट बैदेशिक रोजगारमा जाने युवाहरुको सुरक्षित बैदेशिक रोजगारको विषयमा नगर कार्यसमितिका सदस्यहरुलाई जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरीएको हो । सुरक्षित आप्रवासन सामी परियोजनाको उदेश्य,लक्ष्य,र उपलब्धीहरुको विषयमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरीएको कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वीस सरकारको साझेदारीमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना९सामि०अन्तरर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम अधिकृत कमल बहादुर रोकायले सामी परियोजनाको उदेश्य,स्थानीय जनतप्रतिनिधिले खेल्नुपर्ने भुमिका,वैदेशिक रोजगारको वर्तमान अवस्था,अवसर तथा चुनौतिहरू लगाएतका विषयमा छलफल जानकारी गराउनु भएको थियो । यसैगरी कार्यक्रममा सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले सामी परियोजनाबाट नीलकण्ठ नगरपालिका लगायत अन्य ३ वटा स्थानीय तहमा सामीले गरेको गतिविधिहरु,कार्यक्रम सन्चालन पश्चात प्राप्त उपलब्धी,सामी परियोजनाबाट सन्चालन हुने आप्रवासी स्रोत केन्द्र,मनोसामाजिक सेवा,वित्तिय साक्षरता कक्षा,सिप तथा न्यायमा गर्ने कार्यको विषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गाना,उप–मेयर मनराज भण्डारी,निमित्त प्रमुख प्रशासकिय अधिकृत कल्पना शर्मा९अधिकारी०लेखा तथा प्रशासकिय अधिकृत भुमिराज श्रेष्ठ,१४ वटै वडाका वडा अध्यक्ष,नगरकार्य समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।
२०७६ माघ २२ गते प्रकाशित
प्रकाशित मिति :माघ २३, २०७६ बिहिवार -
०४:२६:०३ बजे