शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका सम्पूर्ण बिद्यार्थीलाई नेबिसंघले गल्छीमा निःशुल्क वनभोज कार्यक्रम गर्ने

धादिङका सम्पूर्ण बिद्यार्थीलाई नेबिसंघले गल्छीमा निःशुल्क वनभोज कार्यक्रम गर्ने

नागरिक पाटी

२३, माघ २०७६
  • 7.0K
    SHARES
  • गल्छी,धादिङ ।। जिल्लाको सम्पूर्ण स्कुल तथा क्याम्पस स्तरका बिद्यार्थीलाइ समेटेर नेपाल विद्यार्थी संघ गल्छी गाउँपालिकाले वनभोज तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। वनभोज तथा अन्तरक्रिया कार्यक्रम माघ २५ गते शनिवार ११ बजे हुने कार्यक्रममा नेपाल बिद्यार्थी सघ का केन्द्रीय अध्यक्ष राजिब ढुंगानाको प्रमुख आतिथ्य र महामन्त्री उर्मिला थपलियाको विशेष आतित्थता रहने छ । नेबिसघलाई जिल्लामा थप उचाई दिनुपर्ने र उर्जावान बिद्यार्थीहरुलाई एकै ठाउँमा भेला गर्ने कार्यक्रमको उद्देश्य रहेको कार्यक्रमको संयोजक समेत रहनु भएको नेबिसंघ गल्छी गाउँपालिकाको अध्यक्ष राजु पुलामीले जानकारी दिनुभयो ।   वनभोज तथा अन्तरक्रिया कार्यक्रमको आर्थिक समितिको जिम्मेवारी श्रीराम खतिवडाले लिदै वनभोज तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने बिद्यार्थीलाई कुनै पनि शुल्क नलाग्ने बताएका हुन् । कार्यक्रमलाई सफल बनाउन धुनिबेशी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, बेनीघाट रोराङ गाउँपलिका, सिद्धलेक गाउँपालिका, निलकण्ठ नगरपालिका लगायत करिव करिव धादिङको सम्पूर्ण गाउँपालिकाको बिद्यार्थी संगठन सँग समन्वय भइरहेको र निम्न स्थानिय तहको सम्पूर्ण बिद्यालय तथा क्यापसका बिद्यार्थी आउने आयोजकको दावी रहेको छ। यस्तै कार्यक्रमलाई सफल बनाउन नेबि सघ धादिङ, नेपाली काग्रेस गल्छी गाउँपालिका, धादिङ जिल्लाको सम्पूर्ण गाउँपालिका समन्वय समितीले बिशेष सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । २०७६ माघ २२ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २३, २०७६ बिहिवार - ०४:३९:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology