शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित

राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित

नागरिक पाटी

२४, माघ २०७६
  • 5.6K
    SHARES
  • काठमाडौं । राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित भएको छ। पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । आज बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले विधायन व्यवस्थापन समितिले पठाएको पत्रकारले लाइसेन्स लिने व्यवस्था झिके पछि विधेयक सर्वसम्मत पारित भएको हो । सांसदहरुले उठाएका प्रश्नहरुलाई संशोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पत्रकारले लाइसेन्स लिने बिषय पोर्चुगलमा मात्रै रहेको बताएका थिए । कार्य व्यवस्था परामर्श समितिको बैकठले मिडिया काउन्सिल विधेयकबाट पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर राष्ट्रिय सभामा पेश गर्ने सहमति गरेको थियो । सबै पक्ष सहमत भएको भन्दै मन्त्री बास्कोटाले खुसी प्रकट पनि गर्नु भएको थियो ।   २०७६ माघ २३ गते प्रकाशित ‘

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २४, २०७६ शुक्रवार - ००:३४:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology