शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे गाउँपालिका स्तरिय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सम्पन्न,१६ स्वर्ण सहित जनजागृति प्रथम

थाक्रे गाउँपालिका स्तरिय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सम्पन्न,१६ स्वर्ण सहित जनजागृति प्रथम

नागरिक पाटी

२५, माघ २०७६
  • 8.7K
    SHARES
  • शिवराज आचार्य महादेबबेशी । धादिङको थाक्रे गाउँपालिका स्तरिय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आज शुक्रबार सम्पन्न भएको छ । थक्रे गाउँपालिको आयोजना तथा लिति महाकाल माध्यमिक विद्यालयको समायोजनमा प्रतियोगिता सम्पन्न भएको हो । यहि माघ २१ र २२ गते थाक्रे गाउँपालिका वडा नम्बर ४ मा रशेको लिति महाकाल माविको खेल मैदानमा थाक्रे गाउँपालिका भरिका १२ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको थियो । प्रतियोगीता विभिन्न विदामा सञ्चालन गराईएको लिति महाकाल माविका प्रधानध्यापक ओम प्रसाद सापकोटाले बताएका छन । प्रतियोगितामा जनजागृति माध्यमिक विद्यालयले १६ स्वर्ण २ रजत ३ कास्य पदक हात पारेर प्रथम स्थान हाँसिल गरेको हो ,। त्यसै गरी महाँकालेश्वरी माध्यमिक विद्यालयले १० स्वर्ण ८ रजत १ कास्य पदक हात पारेर द्धितिय स्थान हाँसिल गरेको छ । त्यसै गरी कालिका माध्यमिक विद्यालयले २ स्वर्ण र ३ कास्य पदक हात पारेर तृतिय स्थान हाँसिल गरेको हो भने ४ रजत १ कास्य पदक हात पारेर सेतीदेवि माध्यमिक विद्यालय सान्तना भएको छ प्रतियोगितामा विजयी भएकाहरु लाई शिल्ड,मेडल तथा प्रमाण पत्र प्रदान गरिएको हो । कार्यक्रममा बोल्नुु हुुदै गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतील खेलले राष्ट्र चिनायने भएकाले सबै विद्यालय लाई आगामि दिनमा पनि खेल क्षेत्रलाई राम्रो गर्न आग्रह गनुु भएको छ ।उहाँले खेल क्षेत्रमा गाउँपालिकाले सहयोग गदै जाने बताउनुु भएको छ । त्यसै गरी कार्यक्रममा बोल्नुु हुुदै अध्यक्ष आचार्यले आगामि दिनमा प्रतियोगिता गाउँपालिका आफैले आफ्नौ खेल मैदानमा आयोजन गर्ने बताउनुु भएको छ ।  
    २०७६ माघ २४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २५, २०७६ शनिवार - ०५:४६:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology