धादिङ । बेनिघाट रोराङ गाउपालिका वडा नम्बर आठ लाइ फिल्टरको प्रयोग मार्फत पानी शुद्दीकरण गरी सुरक्षित पानी पिउने वडा घोषणा तथा प्रतिबद्दता समारोह सम्पन्न भएको छ । बेनिघाट रोराङ गाउपालिका वडा नम्बर आठको आयोजना, शान्ती नेपाल र एन्फोको प्राबिधिक सहयोगमा घोषणा तथा प्रतिबद्दता समारोह सम्पन्न भएको हो । वडा अध्यक्ष बिर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बेनीघाट रोराङ गाउपालिका उपाध्यक्ष देविप्रसाद सिल्वालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बेनिघाट रोराङ गाउपलिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराई, समाजसेवी हेमनाथ थपलिया, सामाजिक विकास अधिकृत पर्शुराम घिमिरे, शान्ती नेपालका कार्यक्रम निर्देशक पि आर शर्मा, परियोजना सम्योजक सन्जय बहादुर चन्द, गाउपालिका स्वास्थ्य शाखाका सम्योजक शङ्करबाबु दुवाडी, वडा सदस्यहरु, विभिन्न सङ्घ सस्थाका प्रतिनिधी, आमा समुहका प्रतिनिधी, महिला स्वास्थ्य स्वयमसेवीका लगायतको आतिथ्यता रहेको थियो । बेनिघाट रोराङ गाउपालिका वडा नम्वर ८ को ४ सय ५९ घरधुरीमा फिल्टरको प्रयोग गर्न थालेपछि सुरक्षित पानी पिउने वडा घोषणा गरीएको हो ।

कार्यक्रममा चेपाङ, नेवार र गुरुङ समुदायले झाकी प्रस्तुत गरिएको थियो । यसै गरी यारबाङ र दुङबाङको चेपाङ नौमती बाजा, चैलिङको नेवार समुदायबाट पन्चेबाजा सहित र्यालीको आयोजना गरीएको थियो । नेपाल सरकारको पुर्ण सरसफाइ निर्देशेका २०७३ अनुसार पुर्ण सरसफाइ कार्यक्रमलाइ सहयोग पुर्याउने उद्देश्यले बेनिघाट रोराङ गाउँ पालिका, गजुरी र सिद्द्लेक गाउपालिकाका १५ हजार घरधुरीमा वातावरण तथा जनसङ्ख्या स्वास्थ्य सस्था एन्फोको साझेदारीमा सुरक्षित पिउने पानी र चर्पीको समुचित प्रयोग सम्बन्धी व्यवहार परिवर्तन अभियाना सन्चालन गर्दै आइरहेको छ ।
सरसफाइ स्वच्छतामा एक कदम अघि सरी , सधैं सुरक्षित पानी पिउछौ फिल्टर प्रयोग गरी भन्ने मुल नाराका साथ भएको कार्यक्रममा चेपाङ, नेवार र गुरुङ समुदायको सास्कृतिक नृत्त्य सहित सरसफाइ सम्बन्धी सन्देशमुलक गित प्रस्तुत गरीएको शान्ती नेपालका सरसफाइ तथा स्वच्छता प्रज्वलक आकाश चेपाङले वताउनुभयो ।