शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नैतिक र संस्कृत जस्ता शिक्षा माध्यमिक तह सम्म अनिवार्य गरिनु पर्छ -माननीय बद्री मैनाली

नैतिक र संस्कृत जस्ता शिक्षा माध्यमिक तह सम्म अनिवार्य गरिनु पर्छ -माननीय बद्री मैनाली

विष्णु ठकुरी

४, फाल्गुण २०७६
  • 6.4K
    SHARES
  • ३ फाल्गुण २०७६ काठमाडौंको सामाखुसीमा अवस्थित नवजीवन स्कुल तथा कलेजले ३९ अाैं बार्षिक उत्सव एवं अभिभावक भेला विशेष समाहारो बिच सम्पन्न भएको छ । नेकपा नुवाकाेटका युवा नेता एवं बागमती प्रदेशसभा सदस्य माननीय बद्री मैनालीकाे प्रमुख आतिथ्यता आयोजित कार्यक्रम नेपाल सरकारका पुर्व सचिव तुलसी प्रसाद सिटाैलाकाे अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न व्यक्तित्वहरु उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नेता एवं बागमती प्रदेशसभा सदस्य माननीय मैनालीले अबकाे शिक्षा प्रणाली व्यावासायिक र प्राविधिक हुनुपर्ने धारणा राख्नुभयाे। समृद्धिका लागि शिक्षाको ठुलो महत्त्व रहेको हुँदा अहिलेको शिक्षालाई अझ आधुनिक ढंगमा बाट अगाडि बढाउन जरुरी रहेको र देशमा तीन तहको सरकार निर्माण भएपछि शिक्षामा गरिने लगानी पनि पहिलाको तुलनामा बढेको छ । प्रदेश सरकारले पनि शिक्षा क्षेत्रको लागी विभिन्न कार्यक्रमहरुको नीतिनिर्माणमा लागेको कुरा पनि जानकारी गराएका थिए । अब अग्रेजी शिक्षाले मात्र चेतना र जीवन स्तरमा वृद्धि नअाई,अनुशासित तथा संस्कार बिधार्थीलाई सिकाउनकाे लागि नैतिक र संस्कृत जस्ता शिक्षा माध्यमिक तह सम्म अनिवार्य हुनुपर्ने कुरामा जाेड दिनुभयाे।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ४, २०७६ आइतवार - ०४:१७:३८ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology