४, फाल्गुण २०७६
धार्के,धादिङ । धादिङ थाक्रे गाउँपालिका वडा नम्बर ११ को महादेवबेशी बालुवाफाँटमा सिड्स नेपाल धादिङ र संस्थागत विकास सञ्जालको साझेदारीमा सञ्चालित विकासका लागी युवा नेत्रित्व कार्यक्रम अन्तरगत थाक्रे गाउँपालिका स्तरिय युवा परिषद गठन कार्यक्रम सम्पन्न भएको छ ।थाक्रे गाउँपालिकाकोे प्रतेक वडाका युवा संवाद समुहबाट छनोट भएका तिन जना ,विकासका लागी युवा नेत्रित्व तालिम प्राप्त १६ जना समेत गरि ४९ जनाको गाउँ परिषद सभा गढन गर्दै १९ सदस्य युवा गाउँ परिषद सञ्चालन समिति गठन गरिएको छ ।
जस्को संयोजकमा मधुसुदन रुपाखेती,सहसंयोजकमा सविना खड्का ,सचिवमा सानुकान्छा मगर,सहसचिवमा विपिना अधिकारी,कोषध्यक्षमा विनिता प्रजा सहित १९ सदस्य सञ्चालन समिति गठन भएको छ । सो कार्यक्रमबाट आगामी दिनमा युवाले शिक्षा,स्वास्थ्य,सास्कृतिक संरक्षण,सामुदायिक शान्ती र सवृद्धी,सामुदायिक विकास, लैंगिक तथा जातिय विभेद विरुद्धको समाबेशी विभाग,सिप र रोजगारी, कृषी पर्यटन,बाल संरक्षण, दुर्वेषनी र लागु औषध विरुद्धको सचेतना समुह समेत गठन गरि आगामि यहि फागुन १० गते युवा सिकाई अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।
सिड्स नेपाल धादिङका अध्यक्ष माधब खतिवडाको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथिमा जिसस सदस्य उर्मिला रेग्मी, सिड्सका कार्यकारी निदेशक गोकण रुपाखेती ,थाक्रे गाउँपालिका वडा नम्बर ६ र ११ का वडा अध्यक्ष , संस्थागत विकास सञ्जालका कार्यक्रम अधिकृत प्रबेशराज लगायत अन्य ६० जनको सहभागिता रहेको सिड्सका कार्यकारी निदेशक गोकण रुपाखेती जानकारी दिनु भयो ।
२०७६ फागुन ०३ गते प्रकाशित
प्रकाशित मिति :फाल्गुण ४, २०७६ आइतवार -
०४:५५:३८ बजे