आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

स्वास्थ्य स्वयंम सेविकाहरुको सेवा सुविधा वृद्धि गर्ने गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठको भनाई

स्वास्थ्य स्वयंम सेविकाहरुको सेवा सुविधा वृद्धि गर्ने गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठको भनाई

नागरिक पाटी

७, फाल्गुण २०७६
  • 7.4K
    SHARES
  • विपिन मल्ल बैरेनी, ०६ फागुन । धादिङको गल्छि गाँउपालिकामा रहेको बैरेनि स्वास्थ्य चौकिमा अपाङ्गता सम्बन्धि शिघ्र पहिचान तथा रेफर गर्न स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंम सेविकाहरुलाई तालिम र मानसिक रोगिहरुको पहिचान रेफर तथा औषधी व्यवस्थापन सम्बन्धि १ दिने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गल्छि गाँउपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले “गल्छि गाँउपालिकाका स्वास्थ्य स्वयंम सेविकाहरु काममा उतकृष्ट छन् , त्यसैले उहाँहरुको सेवा सुविधाहरुलाई वृद्धि गर्न आउने परिषदबाट पारित गर्न पहल गर्ने ” बताउँनु भएको छ । त्यसै गरी कार्यक्रमका विशेष अतिथि गल्छि गाँउ पालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार श्रेष्ठले स्वास्थ्य स्वयंम सेविकाहरुले राम्रो काम गरेका छन । उहाँले स्वस्थ्यमा राम्रो बजेट छुट्याएर काम गरिरहेको जानकारी गराउनु भएको थियो । अवका दिनमा स्वास्थ्य स्वयंम सेविकाहरुले गाँउ घरमा रहेकका नागरिकहरुलाई स्वास्थ्य सेवा बाट बन्चित हुन नदिन क्रियाशिल भएर अझ बढि दत्तचित्त भएर काम गर्न अनुरोध गर्नुभयो । गल्छि गाँउपालिका को स्वास्थ्य प्रमुख राम प्रसाद ज्ञावालीले प्रत्येक वडाका स्वास्थ्य चौकिमा आवश्यक पर्ने सामाग्रिहरु प्रदान गरिएको, प्रत्येक स्वास्थ्य स्वयम सेविकाहरुलाई वार्षिक २,५०० नगद प्रदान गरेको साथै बैरेनि स्वास्थ्य चौकिमा अव देखि सुत्केरि हुन आँउदा आवश्यक पर्ने तातो कपडा र पोसिलो खानेकुराको व्यवस्था गरेको जानकारी दिनुभयो । त्यसै गरी कार्यक्रममा अध्यक्षता गर्नु भएका गल्छि ६ का वडा अध्यक्ष राजन श्रेष्ठले स्वास्थ्य स्वयंम सेविकाहरुको सेवा सुविधाहरुलाई बुुद्धि गर्न आफु राजि भएकोे बताउनु भएको छ । कार्यक्रम सञ्चालन गल्छि गाँउपालिकाका स्वास्थ्य शाखाका सह संयोजक शिव प्रसाद पौडेलले सञ्चालन गर्नुभएको थियो ।  

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ७, २०७६ बुधवार - ०५:०३:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology