शिवराज आचार्य
गजुरी ,०७ फागुन । धादिङको गजुरी गाउँपालिकाको गजुरी बजारमा रहेको आदर्श बहुमुखी क्याम्पसको १४औं बार्षिकोत्सव सम्पन्न भएको छ ।
क्याम्पस बार्षिक उत्सवमा साँस्कृति कार्यक्रमका साथै बिद्यार्थीहरुले बिभिन्न बिदाहरुमा आफ्ना प्रस्तुती राखेका थिए । यसैगरी क्याम्पसमा अतिरिक्त क्रिर्याकलापमा सहभागी भएका विद्यार्थीहरु लाई पुरस्कार सहित प्रमाण पत्र वितरण गरिएको थियो । बार्षिक उत्सवको अबसरमा क्याम्पसको अन्तरिक परिक्षामा प्रथम, द्धितिय, तृतिय हुन सफल बिद्यार्थीहरुलाई पुरस्कार समेत बितरण गरिएको छ । भने जेहेनदार विद्यार्थीलाई छात्राबृद्धि वितरण गरिएको थियो ।

कार्यक्रममा क्याम्पसका बारेमा बोल्नुु हुदै प्रमुख रुद्र प्रसाद दनैले विभिन्न गतिविधिहरु लाई अगाडी बढाउँदै आई रहेको र QAA प्राप्तीका लागी अगाडी बढेका बताउनुभएको थियो । उहााले क्याम्पसमा आइसिटि कक्षा पनि सञ्चालन हुदै आएको बताउनुभएको थियो । बागमती प्रदेश सरकार र गजुरी गाउँपालिकाले आईसिटिका लागी दश,दश लाख बजेट दिएको समेत जानकारी दिनुभएको छ ।

कार्यक्रममा बोल्नुहुदै गजुरी गाउँपालिका उपाध्यक्ष सिता ढुुङगानाले विद्यार्थीले हाँसिल गरेको शिक्षा लाई उपलब्दीका रुपमा लिनुपर्ने बताउनुभएको छ । उहाँले उच्च शिक्षाका लागी गाउँपालिकाले सहयोग गर्ने समेत बताउनुभएको छ । QAA प्राप्तीका लागी १२० वटा सुुचक पुुरा गर्न समेत सहयोगी भूमिका खेल्ने बताएका छन ।

त्यसै गरी कार्यक्रममा बोल्नुहुदै गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले क्याम्पसमा अध्यापन गराउनुहुर्ने शिक्षाको तालब स्थानिय सरकारले उपलब्ध गराउने बताउनुभएको छ । आफूूहरु निर्वाचित भएर आएपछि क्याम्पसको तिर्न बाँकी पैसा समेत गाउँपालिकाले तिरेकाले आगामी दिनमा पनि उच्च शिक्षाका लागी लगानि गर्ने बताएका छन ।

कार्यक्रममा बोल्नुहुदै सामुदायिक क्याम्पस सघंका अध्यक्ष शिवराज सन्जेलले आदर्श क्याम्पसलाई QAA प्राप्तीका लागी आबश्यक पर्ने सहयोग गर्ने बताएका छन । कार्यक्रमको प्रमुख अतिथिका रुपमा आउनुु भएका पुर्व जलस्रोत राज्यमन्त्री ठाकुर प्रसाद शर्माले शैक्षिक क्षेत्रको सुधारमा सबै जुट्नु पर्ने बताउनुभयो ।उहाँले सामुदायिक क्याम्पसमा यस लाई अब्बल बनाउनु पर्ने बताउनुभएको छ ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका क्याम्पसका अध्यक्ष माननिय प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डेले यस क्याम्पस स्थापना गर्नुु आफ्नो देन रहेको बताएका छन । आफु्नो जन्म स्थान भएको स्थानमा एउटा सामुदायिक क्याम्पस खुल्दा छोरी बुुहारिले घरको भात खाएर पढ्न पाउँछन भन्ने उद्देश्यले क्याम्पस स्थापना भएको बताउनुभयो । उहाँले शिक्षा विना कुनै पनि देशको विकास नभएको बताए। क्याम्पसमा पढाएका विद्यार्थी अहिलेको बजारमा विक्ने खालको बनाउन समेत क्याम्पस लाई आग्रह गर्नुभएको छ ।

बागमती प्रदेशका प्रदेश सांसद तथा क्याम्पसका अध्यक्ष राजेन्द्र प्रसाद पाण्डे २०६३ सालमा स्थानिय विकास मन्त्री हुदा स्थापना भएको आदर्श बहुमुखी क्याम्पस विभिन्न कालकण्ड पार गरेर १४ वर्षमा प्रबेश गरेको अबसरमा मंगलबार केक काटेर बनाएको छ । कार्यक्रमका विचमा क्याम्पसले प्रकाशन गरेको AMC जनरल पुस्तक विमोचन गरिएको थियो । अहिले क्याम्पसमा विवियस,विएड र एमएड पढनइ हुदै आएको छ ।