शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको नीलकण्ठ मालेबगरमा सामुदायिक अभिमुखीकरण कार्यक्रम सम्पन्न

धादिङको नीलकण्ठ मालेबगरमा सामुदायिक अभिमुखीकरण कार्यक्रम सम्पन्न

नागरिक पाटी

८, फाल्गुण २०७६
  • 9.7K
    SHARES
  • धादिङ ७ फागुन ।  धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मालेबगरमा सामुदायिक अभिमुखीकरण अन्तरगत पहिलो चरणको समुह छलफल सम्पन्न भएको छ । बैदेशिक रोजगारलाई सुरक्षित,भरपर्दो र मर्यादीत बनाउनको लागि समुह स्तरमै गएर जानकारी गराउने उदेश्यले कार्यक्रम सम्पन्न गरीएको हो। सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगत नीलकण्ठ नगरपालिकाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा ३० जना भन्दा बढीको सहभागिता रहेको थियो ।बैदेशिक रोजगारमा देखीएको समस्या न्युनीकरण गर्नको लागि नीलकण्ठ नगरपालिकाले नगरभित्र सचेतनाको कार्यक्रम सन्चालन गरेको हो। बैदेशिक रोजगारको कारणले उत्पन्न हुने समस्या कम गर्नको लागि नीलकण्ठ नगरपालिकाले आप्रवासी स्रोत केन्द्र सन्चालन, वित्तिय साक्षरता,मनोसामाजिक समस्या न्युनीकरण,न्याय र पैरवीमा काम गर्दै आईरहेको छ ।कार्यक्रममा सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम संयोजकदिनेश दुवाडी,सुचना तथा परामर्शकर्ता उर्मीला थापा,मनोविमर्शकर्ता रामकुमार थापा र वित्तीय साक्षरता कक्षाले सुरक्षित बैदेशिक रोजगारको प्रक्रिया र विद्यमान समस्याको विषयमा जानकारी गराउनुभयो । कार्यक्रममा कागजपत्रको महत्व,सिपको महत्व,ईजाजत्र प्राप्त म्यानपावर कम्पनीबाट मात्र जानुको फाइदा,रकम वा पासर्पोट बुझाउदा भरपाई गर्दाको फाईदाको विषयमा कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी गराउनु भएको थियो । यसैगरी मनोविमर्शकर्ता रामकुमार थापाले बैदेशिक रोजगारको कारण उत्पन्न हुने मनोसामाजिक समस्या,लक्षण,वित्तिय साक्षरता कक्षाको फाईदा,पारिवारीक विखण्डन रोक्ने उपाय,धरेलु हिंसाबाट उत्पन्न हुने समस्याको विषयमा जानकारी गराउनु भएको थियो । स्वदेशमै रोजगारी गरौँ यदि विदेश जानेनै भए सहि सुचना र सिप लिएर जाउँ भन्ने उदेश्यले नीलकण्ठ नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) परियोजना सन्चालन गर्दै आईरहेको छ । नगरपालिकाले बैदेशिक रोजगारको लागी जानेलाई निःशुल्क सिप, न्याय, समस्याको परेको व्यक्तिको उद्धार र आप्रवासी श्रोत केन्द्र सन्चालन गरीरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ८, २०७६ बिहिवार - ०४:५२:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology