आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बेनिघाट रोराङको चेपाङ समुदायका बालबालिकामा दादुरा रुबेलाको प्रकोप, स्थलगत निरिक्षणपछि ४८ जनाको उपचार

बेनिघाट रोराङको चेपाङ समुदायका बालबालिकामा दादुरा रुबेलाको प्रकोप, स्थलगत निरिक्षणपछि ४८ जनाको उपचार

नागरिक पाटी

९, फाल्गुण २०७६
  • 6.5K
    SHARES
  • बेनिघाट । धादिङको बेनिघाट रोराङमा फैलिएको दादुरा रुबेला रोगका विरामीहरुको बिहिबार उपचार गरिएको छ । वडा नम्बर ६ को बाङ्सिराङ, सोलडाँडा र रोतेश क्षेत्रका चेपाङ समुदायमा विगत एक सातादेखी फेलिएको उक्त रोगका ४६ जना बालबालिकाहरुको उपचार गरिएको बेनिघाट रोराङ गाउँपालिकाको स्वास्थ्य सँयोजक सँकरबाबु दुवाडीले बताउनुभयो । उहाँले दादुरा रुबेला रोगबाट ६० जना बालबालिका सँक्रमित भएको जानकारी दिँदै स्थलगत निरिक्षण पछि ४६ जनाको उपचार गरिएको र जटिल अवस्थाका २ जनालाई काठमाण्डौँ स्थित कान्ति बाल अस्पतालमा उपचारका लागि पठाईएको बताउनुभयो । अन्य १२ जनाको अवस्था भने सामान्य रहेको जनाईएको छ । तत्कालिन प्रकोपजन्य महामारीबाट बचाउन आवश्यक पहल भैरहेको र अहिले महामारी नियन्त्रणमा रहेको उपचारमा सँलग्न चिकित्सकहरुको भनाई छ । स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलको सँयोजकत्वमा भएको स्थलगत निरिक्षणमा विश्व स्वास्थ्य सँगठन आईपिडीका अफिसर डा. रुपेश तिमल्सिना, गजुरी गाउँपालिकाका स्वास्थ्य सँयोजक डा. रामहरी रेग्मी, स्वास्थ्य कार्यालय धादिङका खोप सुपरभाईजर अधिकृत श्याम प्रसाद पोखरेल, बेनिघाट रोराङ गाउँपालिकाका स्वास्थ्य सँयोजक सँकरबाबु दुवाडी, सहसँयोजक सितामाया शाक्य लगायत अन्य प्राविधिकहरुको सहभागीता रहेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ९, २०७६ शुक्रवार - ०६:४०:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology