आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बुङपुङमा दिगो सामुदायिक रुपान्तरणका लागि सामुदायिक व्यवस्थापन गोष्ठी

बुङपुङमा दिगो सामुदायिक रुपान्तरणका लागि सामुदायिक व्यवस्थापन गोष्ठी

नागरिक पाटी

९, फाल्गुण २०७६
  • 6.3K
    SHARES
  • बुङपुङ । धादिङको बेनिघाट रोराङ वडा नम्बर ६ बुङपुङमा दिगो सामुदायिक रुपान्तरणका लागि सामुदायिक व्यवस्थापन गोष्ठी भएको छ । सामुदायिक विकासका लागि स्थानिय स्तरमा गठन भएका समुहहरुलाई व्यवस्थित दिगो र स्वाबलम्बी बनाई सामुदायिक विकास प्रक्रियामा महत्वपुर्ण भुमिका निर्वाह गर्न सहयोग पुग्ने लक्ष्यका साथ गोष्ठीको आयोजना गरिएको शान्ति नेपाल सँस्थाले जनाएको छ । २ दिन सम्म भएको गोष्ठिमा शान्ति नेपालद्धारा सन्चालित सामुदायिक पोषण तथा खाद्य सुरक्षा परियोजनाका परियोजना सँयोजक लाल प्रसाद पोखरेल र फिल्ड अधिकृत अर्चिता उप्रेतीले सहजिकरण गर्नुभएको थियो । गोष्ठीमा सामुदायिक विश्लेषण गरिनुका साथै सामुदायिक कार्ययोजना र सामुदायिक आचारसँहिता तयार गरिएको छ । कार्ययोजना कार्यान्वयन र नियमनका लागि शिव चेपाङको सँयोजकत्वमा ९ सदस्यिय योजना कार्यान्यवन र मुल्याङ्कन समिती निर्माण गरिएको छ । ४८ घरधुरी रहेको बुङपुङमा गाउँको राम्रो पक्ष र सुधार गर्नु पर्ने पक्षहरुका बारेमा पनि छलफल भएको छ । २ सय ९२ जना जनसँख्या रहेको उक्त गाउँमा ४८ घर मध्ये २४ घरमा मात्र शौचालय रहेको छ । अब सबै घरले शौचालय निर्माण गरेर बुङपुङ गाउँको सुधार गर्नुपर्ने गोष्ठीमा बताईएको छ । उनिहरुले चैत्र १५ भित्र शौचालय निर्माण गरि त्यसको सुरक्षित प्रयोग गर्ने बताएका छन् । कच्ची सडक गाउँमा पुगेको छ भने आधारभुत विद्यालय र खानेपानीको सुविधा उक्त गाउँमा छ । खानेपानीको लागि फिल्टर प्रयोग गर्ने उनिहरुको भनाई छ । साथै बालबालिकालाई विद्यालय नियमित रुपमा पठाउने लगायतका प्रतिवद्धता व्यक्त गरिएको छ । बुङपुङमा ३६ घरलाई १२ महिना खान पुग्छ भने ९ घरलाई ६ महिना, २ घरलाई ४ महिना र १ घरलाई ३ महिना मात्र खान पुग्ने अवस्था रहेको छ । उक्त समुदायमा पोषण तथा खाद्य सुरक्षाको लागि अहिले शान्ति नेपालले काम गरिरहेको छ । सोहि गोष्ठीमा बुङपुङमा रहेका ४ जना कुपोषित बालबालिकाहरुलाई सर्वोत्तम पिठो पनि वितरण गरिएको छ ।  

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ९, २०७६ शुक्रवार - १९:०१:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology