शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रेमा गाउँपालिका स्तरिय युवा सिकाई समारोह, साँसद त्रिपाठी भन्छन्, “भौतिक सँरचनाले मात्र समृद्धी आउँदैन, युवाहरुको भावना बुझेर पनि काम गर्नुपर्छ”

थाक्रेमा गाउँपालिका स्तरिय युवा सिकाई समारोह, साँसद त्रिपाठी भन्छन्, “भौतिक सँरचनाले मात्र समृद्धी आउँदैन, युवाहरुको भावना बुझेर पनि काम गर्नुपर्छ”

नागरिक पाटी

११, फाल्गुण २०७६
  • 7.0K
    SHARES
  • महादेववेशी । धादिङको थाक्रे गाउँपालिका स्थित महादेववेशीमा गाउँपालिका स्तरिय युवा सिकाई समारोहको आयोजना भएको छ । दिगो विकास र सामुदायिक शान्ति रुपान्तरणको आधार युवामा लगानी समृद्ध र सुखी नेपालीको पुर्वाधार भन्ने नारा सहित समृद्ध नेपाल र सुखी नेपाली अभियानका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्नुहुँदै सँघिय साँसद भुमि त्रिपाठीले भौतिक सँरचना आवश्यक रहे पनि भौतिक सँरचनाले मात्र समृद्ध नआउने, रोजगारी सिर्जना नहुने आँफै बाँच्न सक्ने नबनाउने बताउनुभएको छ । उहाँले युवाहरुमा जोश जाँगर सहित सिपयुक्त तालिम, गोष्ठिहरुको पनि आवश्यक रहेको र सिड्स नेपाल सँस्थाले युवाहरुको भावना बुझेर अघि बढिरहेकोमा प्रशँसा गर्नुभएको छ । थाक्रेमा युवा परिषद गठन भएको र अन्य पालिकामा पनि यसको विस्तार गर्न साँसद त्रिपाठीले आग्रह गर्नुभएको छ । यस्तै नेकपा धादिङका अध्यक्ष नेत्र पौडेलले आफुहरुको युवा समय राजनितीक तथा व्यवस्था परिवर्तनका लागि, सत्ता परिवर्तनका लागि व्यतित भएको भन्दै आजका युवाको काँधमा मुलुकमा सम्वृद्धी ल्याउने जिम्मेवारी रहेको बताउनुभयो । उहाँले युवाहरु परिवर्तनको सँवाहक रहेको भन्दै देशमा विभिन्न सिप, उत्पादन, पर्यटन लगायतका आधारहरु धेरै रहेको बताउनुभयो । कार्यक्रममा अन्य अतिथीहरुले पनि युवाहरुको बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए । यस्तै कलाकार यशोदा विँडारीले युवाहरुका समस्याको विषयमा मार्मिक गित प्रस्तुत गर्नुभएको थियो । चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाजको आयोजना तथा थाक्रे गाउँपालिका स्तरिय युवा परिषदको सहआयोजनामा भएको कार्यक्रममा थाक्रे गाउँपालिकाको समन्वय, मेनोनाईट सेन्ट्रल कमिटी नेपाल र सँस्थागत विकास सञ्जालको सहयोग र दिगो विकास लक्ष्य सचिवालय गैसस महासँघ नेपालको सहकार्य रहेको थियो । कार्यक्रममा युवा नेतृत्व र सामुदायिक शान्ति, सुरक्षित आप्रवासन र मानव बेचविखन, बातावरण सँरक्षण र फोहोर व्यवस्थापन, कृषी र पशुपालन, उद्यमशिलता र सिप, वित्तिय सेवा, बाल सँरक्षण लगायतका ११ वटा विषयहरुमा सहभागीहरुलाई जनजागृती माध्यमिक विद्यालयमा छुट्टा छुट्टै कक्षा सञ्चालन गरि जानकारी तथा छलफल गराईएको छ । सहभागी युवाहरुले यस किसिमको कार्यक्रमले आफुहरुलाई थप उर्जा प्रदान गरेको बताएका छन् ।  सिड्स कार्यालय परिसरमा भएको समारोह कार्यक्रम पछि ब्यानर सहित जनजागृती माध्यमिक विद्यालयमा पुगेर विभिन्न विषयमा कक्षा सन्चालन भएको हो । युवा परिषद थाक्रेका सँयोजक मधुसुदन रुपाखेतीको अध्यक्षतामा भएको कार्यक्रममा धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का सँघिय साँसद भुमि त्रिपाठीको प्रमुख आतित्थ्यता र नेकपा धादिङका अध्यक्ष नेत्रराज पौडेलको विशेष आतित्थ्यता रहेको थियो । यस्तै कार्यक्रममा जिल्ला समन्वय समिती धादिङका सदस्य उर्मिला रेग्मी, गैर सरकारी सँस्था महासँघका केन्द्रिय सदस्य एवम् सिड्सका कार्यकारी निर्देशक गोर्कण रुपाखेती, गैरसरकारी सँस्था महासँघ जिल्ला शाखाका सचिव शालिकराम दुवाडी, महिला मानव अधिकार रक्षक सञ्जालका केन्द्रिय महासचिव राधिका सापकोटा, व्यवसायिक तथा सिप विकास तालिम केन्द्र गजुरीका प्रमुख पुरुषोतम पाण्डे लगायत विभिन्न पार्टीका प्रतिनिधीहरु, वडा अध्यक्षहरु, पत्रकारहरु लगायतको आतित्थ्यता र विभिन्न समुह, विद्यालयका युवाहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ११, २०७६ आइतवार - ०१:१९:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology