शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छि गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

गल्छि गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

नागरिक पाटी

११, फाल्गुण २०७६
  • 16.0K
    SHARES
  • शिवराज आचार्य डुम्रेचौर धादिङ ,१० फागुन । गल्छि गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ आज सम्पन्न भएको छ । शिक्षाका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद सबैका लागी खेलकुल भन्ने मूल नाराका साथ हिजोबाट सुरुभएको गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगिता गल्छि गाउँपालिका वडा नम्बर १ को डुम्रेचौरमा रहेको सरस्वति माध्यमिक विद्यालयको प्राङगणमा प्रतियोगिता दुई दिन सम्म सञ्चालन भएको थियो । प्रतियोगितामा प्रथम र द्धितिय हुने विद्यार्थीहरु लाई समान पञ र मेडल प्रदान गरिएको थियो । विभिन्न विदामा सञ्चान भएको प्रतियोगिताबाट प्रथम स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई जिल्लमा आयोजना हुने खेलकुद प्रतियोगितामा गाउँपालिका बाट सिफारिस गरिने गल्छि गाउँपालिका खेलकुद विकास समितिका संयोयजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष राजन श्रेष्ठले बताएका छन । समापन कार्यक्रममा जिल्ला समन्वय समितिमा संयोजक जगन्नाथ नेपाल,शिक्षा तथा युवा शाखा गल्छिका प्रमुख बुद्धि प्रसाद भट्ट,स्वास्थ्य शाखा प्रमुख राम प्रसाद ज्ञवाली ,वडा नम्बर १ का वडा अध्यक्ष पुर्ण प्रसाद खतिवडा , खेलकुद विकास समितिका संयोयजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष राजन श्रेष्ठ विभिन्न विद्यालयका प्रअ तथा शिक्षक,विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रमको रेडियो राजमार्ग ९२.१ मेगाहर्जले प्रत्यक्ष प्रसारण गरेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ११, २०७६ आइतवार - ०५:२४:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology