आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सुरक्षित पानी पिउने अभियानमा समुदायिक चासो

सुरक्षित पानी पिउने अभियानमा समुदायिक चासो

नागरिक पाटी

१२, फाल्गुण २०७६
  • 8.5K
    SHARES
  • गजुरी । गजुरी गाउपालिका वडा नम्वर २ धरमपानी गाउलाइ सुरक्षित पानी पिउने गाउ घोषणा भएको छ । धरमपानी गाउको ६४ घरधुरी सबैले फिल्टरको प्रयोग गरी सुरक्षित पानी पिउन थालेपछी सुरक्षित पानी पिउने गाउ घोषणा गरिएको हो । ूसरसफाइ र स्वच्छतामा एक कदम अघि सरि, सधै सुरक्षित पानी पिउछौ हामी गावैभरी ू भन्ने मुल नाराका साथ सामुदायिक घोषणा तथा प्रतिबद्दता समारोह भएको थियो । धरमपानी गाउमा ज्वालामुखी र अन्नपुर्ण सामुदायिक सस्थाको आफ्नै श्रोतमा ६४ घरधुरीको लागी पानी शुद्दीकरण गर्नको लागी फिल्टर खरिद गरी बितरण गरेको थियो । ज्वालामुखी सामुदायिक सस्थाका अध्यक्ष डिलमाया बि क को अध्यक्षतामा भएको कार्यममा गजुरी गाउपालिका अध्यक्ष राजेन्द्र विक्रम वस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गजुरी गाउपालिका, वडा नम्वर २ का वडा अध्यक्ष चुडामणी कडेल, गजुरी गाउपालिका ने क पा पार्टी सचिब माधब भन्डारी, वडा सदस्य नेतानन्द थपलिया शान्ती नेपालका परियोजना संयोजक लालप्रसाद पोखरेल , सन्जय बहादुर चन्द, सद्भाव गरीबी निबारण सहकारी सस्थाका व्यवस्थापक बासु सुबेदी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सामुदायिक सस्थाका वृद्द सदस्य राजकुमारी योन्जनलाइ फिल्टर हस्तातरण गर्नुहुदै प्रमुख अतिथी वस्नेतले सुरक्षित पिउने पानी अभियान सबै टोलवस्तिमा सबै घरमा पुर्याउनुपर्ने धारणा राख्नुभयो । पुर्ण सरसफाइ निर्देशिका २०७३ अनुसार सन २०३० सम्ममा नेपाललाइ पुर्ण सरसफाई उन्मुख राष्ट्र घोषणा गर्ने लक्ष्य रहेको छ । यसै गरी जिल्ला समन्वय समिती धादिङ्को समन्वयमा जिल्लाका १३ वटै स्थानिय तहको सहभागितामा २०२३ सम्ममा जिल्ला भरी सफा गाउ घोषणा गर्ने र २०२५ सम्ममा पुर्ण सरसफाइ उन्मुख जिल्ला घोषणा गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य र घोषणा रहेको छ । यसै योजनालाइ सहयोग पुर्याउने उद्देश्यले वातावरण र जनस्वास्थ्य सस्थाको सहयोगमा शान्ती नेपालले गजुरी गाउपालिका, बेनिघाट रोराङ गाउपालिका र सिद्दलेक गाउपालिकाका १५ हजार घरधुरीमा सुरक्षित पिउने पानी र चर्पीको समुचित प्रयोग सम्बन्धी व्यवहार परिवर्तन अभियान सन्चालन गर्दै आइरहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १२, २०७६ सोमवार - ०१:०५:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology