शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छिका सामुदायिक विद्यालयमा आँखा परिक्षण तथा निःशुल्क चस्मा सहयोग कार्यक्रम सुरु

गल्छिका सामुदायिक विद्यालयमा आँखा परिक्षण तथा निःशुल्क चस्मा सहयोग कार्यक्रम सुरु

नागरिक पाटी

१३, फाल्गुण २०७६
  • 7.6K
    SHARES
  • विपिन मल्ल ठकुरी बैरेनी, १२ फागुन । धादिङको गल्छि गाउँपालिकामा दृष्टि आइ केयर सिस्टम र जाइसको सहयोगमा सामुदायिक विद्यालयका विद्यार्थीका लागि आँखा परिक्षण तथा निशुल्क चस्मा सहयोग कार्यक्रम सुरु भएको छ । दृष्टि आइ केयर सिस्टम काठमाडौं र जाइसको सहयोगमा गल्छि गाउँपालिका भरिका सामुदायिक विद्यालयका विद्यार्थीहरुको आँखा परिक्षण तथा निशुल्क चस्मा सहयोग कार्यक्रम सुरु करीएको दृष्टि आइ केयर सिस्टमका डा.भाईराजा श्रेष्ठले बताएका छन । यस किसिमको कार्यक्रम सामुदायिक विद्यालयमा पढ्ने १४ वर्ष सम्मका विद्यार्थीहरुमा लागुहुने बताएको छ । अहिले कक्षा ८ को परिक्षा आएकोले कार्यक्रम परिक्षा सम्पन्न भए पछि सञ्चालन गरिने डा.भाईराजा श्रेष्ठले बताएका छन । सामुदायिक विद्यालयमा पढ्ने विपन्न गरिब नागरिकका बालबालिकाहरुका लागी यस किसिमको कार्यक्रमले सहयोग पुग्ने गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले बताउनु भएको छ । उहाँले दृष्टि आइ केयर सिस्टमले गाउँपालिकासगंको साझेदारीमा साप्ताहिक आँखा जाँच शिविर बैरेनी स्वास्थ्य चौकीमा सञ्चालन गर्दै आएको पनि बताउँनु भएको छ । आज भएको कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष कृष्ण हरि श्रेष्ठ, दृष्टि आइ केयर सिस्टमका डक्टर भाइराजा श्रेष्ठ,प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार श्रेष्ठ, नेकपा गल्छिका अध्यक्ष केदार खतिवडा,जाइसका प्रतिनिधि,सामुदायिक रेडिया प्रसारक सघंका अध्यक्ष सुबाष खतिवडा,गाउँपालिका शिक्षा शाखा प्रमुख बुद्धि प्रसाद भट्ट,स्वास्थ्य शाखा प्रमुख राम प्रसाद ज्ञवाली,धादिङ उद्योग वाणिज्य सघंका दिपक कार्की विभिन्न वडाका वडा अध्यक्ष,स्वास्थ्य स्वयमसेविका लगायतको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १३, २०७६ मंगलवार - ०२:२२:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology