शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिड्स नेपालद्धारा समुह सदस्यहरुका लागी २ दिने लेखा व्यबस्थापन तालिम सुरु

सिड्स नेपालद्धारा समुह सदस्यहरुका लागी २ दिने लेखा व्यबस्थापन तालिम सुरु

नागरिक पाटी

१३, फाल्गुण २०७६
  • 6.3K
    SHARES
  • महादेबबेशी, १२ फागुन । चन्द्र ज्योति एकिकृत गामिण विकास समाज (सिड्स ) नेपाल धादिङले समुह सदस्यहरुका लागी २ दिने लेखा व्यबस्थापन तालिम सञ्चालन गरेको छ । सिड्स नेपाल धादिङको आयोजना तथा यूएमएनको सहयोमा धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ११को युवा सिकाई केन्द्रमा आज बाट २ दिने लेखा व्यबस्थापन तालिम सुरु गरेको लैंगिक शसक्तीकरण कारण परियोजनाका परियोजना संयोजक र्नबदा अर्यालले जानकारी दिनु भएको छ । लेखा व्यबस्थापन तालिममा लेखा कसरी राखिन्छ ,बचत ,ऋण लगायतका बारेमा जानकारी गराएको छ । लेखा व्यबस्थापनको फाईदा तथा महत्व लायतका बारेमा प्रतेक समुहका तिन जना सदस्यहरु लाई जनकारी गराईएको यूएमएनका राजेन्द्र श्रेष्ठले बताउनु भयो । तालिममा व्यक्तिगत ऋण,ऋण लगानि,ऋणको असुली,बचत लगायतका बारेमा जानकारी गराईएको छ । तालिमबाट आफ्नो समुहको हिंसाव राख्न सजिलो हुने नमुना कृषक समुहका सरला कार्कीले बताउनु भएको छ । तालिममा ८ समुहका २८ जनाको सहभागीता रहेको समाजिक परिचालिका निरा थापाले जानकारी दिनु भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १३, २०७६ मंगलवार - ०२:३०:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology