शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेनिघाट रोराङमा दिगो सामुदायिक रुपान्तरणको लागि सामुदायिक व्यवस्थापन गोष्ठी

बेनिघाट रोराङमा दिगो सामुदायिक रुपान्तरणको लागि सामुदायिक व्यवस्थापन गोष्ठी

नागरिक पाटी

१५, फाल्गुण २०७६
  • 6.3K
    SHARES
  • चरौँदी । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० कोसराङमा दिगो सामुदायिक रुपान्तरणको लागि २ दिने सामुदायिक व्यवस्थापन गोष्ठी भएको छ । सामुदायिक विकासका लागि स्थानिय स्तरमा गठन तथा परिचालित समुहहरुको एकिकरण गरि दिगो स्वाबलम्बी बनाई एकिकृत सामुदायिक विकास प्रक्रियामा महत्वपुर्ण भुमिका निर्वाह गर्न सहयोग पुराउने लक्ष्यका साथ गोष्ठि आयोजना गरिएको शान्ति नेपाल सँस्थाले जनाएको छ । २ दिन सम्म सन्चालित गोष्ठीमा शान्ति नेपालद्धारा सञ्चालित सामुदायिक पोषण तथा खाद्यसुरक्षा परियोजनामा कार्यरत फिल्ड अधिकृत अर्चिता उप्रेतीले सहजिकरण गर्नुभएको थियो । गोष्ठीमा सामाजिक नक्साँङ्नद्धारा सामुदायिक विश्लेषण, सामुदायिक आचारसँहिता तयार गरिएको छ । गाउँमा भएको मुख्य समस्याको विषयमा छलफल गरि समस्या समाधानको लागि १० वटा गतिविधी उल्लेख गरि बनाईएको कार्ययोजना कार्यान्वयन र नियमनका लागि ललि चेपाङको सँयोजकत्वमा ९ सदस्यिय योजना कार्यान्वयन र मुल्याङ्कन समिती निर्माण गरिएको छ । गोष्ठीमा कोसराङ गाउँको सबल पक्ष र सुधार गर्नुपर्ने पक्षको बारेमा छलफल भएको छ । २१७ जना महिला र २४५ जना पुरुष गरि ४६२ जना जनसँख्या रहेको उक्त गाउँमा ७५ घर मध्ये ४३ घरमा मात्र शौचालय भएको र बाँकी ३२ घरले चैत्र १५ गते भित्रमा शौचालय निर्माण गरि त्यसको समुचित प्रयोग गर्ने साथै सुरक्षित खानेपानीको लागि सबै घरले फिल्टरको प्रयोग गर्ने, सबै बालबालिकालाई विद्यालयमा नियमित पठाउने, बालबालिका बिरामी हुँदा अनिवार्य रुपमा स्वास्थ्य सँस्थामा लैजाने र जन्मेदेखी ५ वर्ष मुनिका बालबालिकालाई अनिवार्य रुपमा वृद्धी अनुगमन केन्द्रमा तौल लिन लैजाने प्रतिवद्धता व्यक्त गरिएको छ । एकिकृत सामुदायिक विकासको लागि समुहको आवश्यकता तथा महत्व महशुष गर्दै विगत केहि वर्ष अगाडी देखी निष्क्रिय रहेको समुहलाई पुन गाउँ भेला गरि यहि फागुन २५ गते गाउँमा रहेको २ वटा समुह एकिकरण गरि दिगो रुपमा समुह सञ्चालन गर्ने प्रतिवद्धता समेत व्यक्त भएको छ । ७५ घरधुरी रहेको कोसराङ गाउँका महिला पुरुष गरि गोष्ठीमा ५२ जनाको सहभागिता रहेको थियो । ६३ घर चेपाङ जाती, ११ घर जनजाति र १ जना अन्य समुदायको बसोबास रहेको कोसराङमा सडक पुगेको छ । आधारभुत विद्यालय रहेको, विजुली बत्ति पुगेको सामुदायिक भवन भएको र खानेपानीको सुविधा उक्त गाउँमा रहेको छ । कोसराङमा ५८ घरलाई १२ महिना खान पुग्छ भने १० घरलाई ८ महिना र ७ घरलाई ६ महिना मात्र खान पुग्ने अवस्था रहेको छ । उक्त समुदायमा पोषण तथा खाद्य सुरक्षाको लागि शान्ती नेपाल सँस्थाले काम गरिरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १५, २०७६ बिहिवार - १९:४९:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology