शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

छत्रेदेउराली सामाजिक उद्यमी महिला सहकारी संस्था सँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

छत्रेदेउराली सामाजिक उद्यमी महिला सहकारी संस्था सँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

नागरिक पाटी

१७, फाल्गुण २०७६
  • 7.4K
    SHARES
  • सन्तोष सुबेदी छत्रेदेउराली । परियोजना अनुगमन तथा समन्वय समीतीद्धारा फिल्ड अनुगमन र श्री छत्रेदेउराली सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हेफर ईन्टरनेशनल नेपाल र फोकस नेपालको संयुक्त रुपमा सञ्चालित पशुबस्तुको मुल्य शृङ्खलामा आधारित साना किसानहरुको सँस्था सवलीकरण परियोजना अन्तर्गत रहेर सञ्चालित यस परियोजनाले जिउँदो खसि बाख्रा संकलन, तरकारी संकलन, मल बितरण लगायतका कृषि क्षेत्रमा रहेर काम गर्दै आईरहेको छ । परियोजना सञ्चालन गर्ने संस्था र समुदायका लागी कार्यक्रमको दिगोपना र संस्थागत विकासको लागि छरिएर रहेको पुँजीलाई एकत्रित गरी समूहहरुलाई सहकारीमा रुपान्तरण गर्ने आवश्यकता महशुस भएपछि परियोजनामा आवद्ध ५७ वटा समूहका ५७ जना प्रतिनिधि सदस्यहरुबाट डिभिजन सहकारी कार्यालय धादीङमा गएर संस्था दर्ता भएकोमा अहिले झण्डै १३ सय भन्दा बढी शेयर सदस्यहरु रहेका छन् । सहकारीले सामाजिक पुँजि निमार्णमा योगदान गर्दै कृषि तथा पशुपालनमा आधारीत ब्यवसायहरु प्रर्वधन तथा उत्पादन गरीएको उपजको बजारीकरण गर्ने र महिला शसक्तीकरणमा जोड दिदै सामुदायिक विकासको क्षेत्रमा कार्य गर्ने यदेश्यले स्थापित यस सहकारी अहिले अन्य सहकारीभन्दा अब्बल बनेर काम गरिरहेको छ । अहिले सहकारीको आम्दानी ३ करोड ६३ लाख २ हजार ९ सय ४६ रहेको छ । यसका साथै खर्च १ करोड २९ लाख ४ह जार ७३ रहेको छ । ब्याज खर्च ३ लाख ५१ हजार २ सय ३८ साथै नाफा १ करोड ९८ लाख ७६ हजार ३५ रहेको सहकारी सँस्थाले जानकारी दिएको छ । अहिले कृषि सहकारी बैक संग समन्वय गरी ३० जना महिला उधमी लाई रु १ करोड ऋण लगानी गर्न प्रकृया अगाडी बढाईएको समेत सहकारीले जनाएको छ । सहकारी बाट लगानी गरीएको जम्मा कर्जाको ७०% कर्जा उत्पादन क्षेत्र मा लगानी भएको छ । यस सहकारी सँस्थाले २०७२/१२/१४ मा ५७ जना बाट यात्रा तय गरेकोमा २०७६ साल फल्गुण १५ सम्म आईपूग्दा धुनिवेशिनगरपालीका १ र २ मा सम्पूर्ण घरधूरी समेट्ने हेतूले साबिकको छत्रेदेउराली गा.बि.स को वडा नं १ देखि ९ मा रहेका १२९७ घरधूरीका १२२९ जना महिला सदस्य र २३ जना पुरुष थप गरी १३१५ जना शेयर सदस्य बनाउन सफल भएको छ । यस सहकारी सँस्थाले ऋण लगानी पनि गरेको छ । जसमा अन्य कृषि कर्जा, ८६९००, लोकल कुखरा : १५०००००, वैदेशिक रोजगार १००००००, तरकारी कर्जा ७००००००, सामाजीक कर्जा १५०००००, बाख्रापालन कर्जा ५००००००,ऋण लगानी को रकम ३,६११४२४८ र ऋणी सदस्य संख्या ः ९१५ जना रहेको सहकारी सँस्थाका अध्यक्ष नरमाया तामाङले जानकारी दिनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १७, २०७६ शनिवार - ०२:३२:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology