आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिबेशी नगरपालिका स्वास्थ्य क्षेत्रको बिकासमा अब्बल बन्दै छ : नगर प्रमुख आचार्य

धुनिबेशी नगरपालिका स्वास्थ्य क्षेत्रको बिकासमा अब्बल बन्दै छ : नगर प्रमुख आचार्य

नागरिक पाटी

१७, फाल्गुण २०७६
  • 8.0K
    SHARES
  • सन्तोष सुबेदी छत्रेदेउराली । स्वास्थ्य क्षेत्रको बिकासका लागी धुनिबेशी नगरपालिका अग्र स्थानमा रहेर काम गरिरहेको नगरप्रमुख बालकृष्ण आचार्यले बताउनुभएको छ । धादिङको धुनिबेशि नगरपालिका वडा नम्बर १ मा आधाभूत स्वास्थ्य चौकी भवनको सिलान्यास गर्दै प्रमुख आचार्यले स्वास्थ्य केन्द्र भवन निर्माणको लागी स्थानिय देखि नगरपालिका दत्तचित्त भएर लाग्नुको बिकल्प नभएको बताउनुभएको हो । आधारभूत स्वास्थ्य केन्द्रले अन्य बिकासका योजनाहरु आउने पनि उहाँको भनाई छ । धुनिबेशि नगरपालिकाको उत्तरी भेगको कर्नरको रुपमा रहेरको स्थानमा स्वास्थ्य चौकी बन्दै गर्दा स्थानियमा खुसी छाएको बताउनुभयो । स्थानियदेखि अन्य ब्यक्तिहरुले अहिले सिलान्यास गरिएको जग्गामा भिरालो, कोल्टो, अपायक भनिरहँदा पछि यसमा बिकासको लहर आउने प्रमुख आचार्यको भनाई रहेको थियो । नगरपालिकाले हरेक वडामा स्वास्थ्य चौकी बनाउने अभियानलाई सार्थक बनाउँदै धुनिबेशिनगरपालिका वडा नम्बर १ मा भवनको सिलान्यास गरेको हो । उक्त भवन निर्माणका लागी स्थानिय बाबुकाजी भारती र कान्छा भारतीले ५/५ आना जग्गा दान गर्नुभएको थियो । स्थानियस्तरमा बन्न लागेको स्वास्थ्य चौकीले सबैमा राहात पुगने बताउँदै दुई समाजसेवीले जग्गा दान गर्नुभएको हो । आधारभूत स्वास्थ्य चौकी चार कोठे बन्नेछ भने यसको जिम्मा ईन्द्रदह निर्माण सेवाले पाएको छ । शुक्रबार सिलान्यास गरिएको आधारभूत स्वास्थ्य चौकी भवन आगामी असारसम्म निर्माण सम्पन्न गर्नुपर्ने उक्त निर्माण कम्पनीका ठेकेदार राजाराम सेढाईँले बताए । अहिले भवन निर्माणका लागी करिव रु २७ लाख लाग्ने पनि बताईएको छ । धुनिबेशिनगरपालिकाको कार्ययोजना अनुसार आधारभूत स्वास्थ्य चौकी अहिले सम्म धुनिबेशिका वडाहरुमा सम्पन्न भईसकेका छन् । अबको योजना धुनिबेशिनगरपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्रको सुविधा पुर्याउने र जनतालाई सेवा तथा प्राथमिक उपचारको ब्यबस्था रहेको धुनिबेशिनगरपालिका प्रमुख बालकृष्ण आचार्यले बताउनुभयो । अहिले गाउँस्तरमा कोहि ब्यक्ति बिरामी पर्दा तत्कालै अस्पताल लैजाने अबस्थामा निकै ढिलो हुने तथा बिरामीको मृत्यु नै हुने स्थितीलाई कम गर्दै गाउँस्तरमा सबैको पहुँचमा सामान्य उपचारको ब्यबस्था पुराउने उदेश्य राखिएको उहाँको भनाई थियो । सामान्य अबस्था तथा सुत्केरी महिलाहरु, गर्भवतीहरुलाई तत्कालै उपचार चाहिएको काठमाण्डौसम्म लैजाने अबस्थालाई मध्येनजर गर्दै प्राथमिक उपचारसम्मको सेवा दिन सके अझ बढी प्रभावकारी हुने उहाँले बताएका छन् । कार्यक्रममा उपप्रमुख निरु खरेलले पनि स्वास्थ्य क्षेत्र निकै सँबेदनशिल बिषय भएको भन्दै गाउँ गाउँमा यस्ता आधारभूत स्वास्थ्य केन्द्र आबश्यक पर्ने बताउनुभयो । उहाँले स्वास्थ्य नै धन भएको बताउँदै बन्न लागेको भवन समयमै सक्न पनि निर्देशन दिनुभएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १७, २०७६ शनिवार - ०२:४७:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology