शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

तर्सपुमा सामुदायिक अभिमुखीकरण अन्तरगत समुह छलफल कार्यक्रम सम्पन्न

तर्सपुमा सामुदायिक अभिमुखीकरण अन्तरगत समुह छलफल कार्यक्रम सम्पन्न

नागरिक पाटी

१८, फाल्गुण २०७६
  • 7.4K
    SHARES
  • धार्के ,१७ फागुन । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ४ तर्सपुमा सामुदायिक अभिमुखीकरण अन्तरगत समुह छलफल कार्यक्रम सम्पन्न भएको छ । बैदेशिक रोजगारलाई सुरक्षित,भरपर्दो र मर्यादीत बनाउनको लागि समुह स्तरमै गएर जानकारी गराउने उदेश्यले कार्यक्रम सम्पन्न भएको सुरक्षित आप्रवासन सामी परियोजनाका बितिय साक्षरता सहजकर्ता जीवन लामाले जानकारी दिनु भएको छ । सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगत थाक्रे गाउपालिकाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा ३५ जना भन्दा बढीको सहभागिता रहेको थियो ।बैदेशिक रोजगारमा देखीएको समस्या न्युनीकरण गर्नको लागि थाक्रे गाउपालिकाले पालिकाभित्र सचेतनाको कार्यक्रम सन्चालन गरीरहेको बितिय साक्षरता सहजकता लामाले जानकारी दिनु भएको छ । सामी परियोजनाले बैदेशिक रोजगारको कारणले उत्पन्न हुने समस्या कम गर्नको लागि थाक्रे गाउँपालिकामा वित्तिय साक्षरता,मनोसामाजिक समस्या न्युनीकरण,न्याय र पैरवीमा काम गर्दै आईरहेको छ । कार्यक्रममा सुरक्षित आप्रवासन सामी परियोजनाका बितिय साक्षरता सहजकर्ता जीवन लामा र रिटर्नी स्वयमसेवक सरिता गोलेले वित्तीय साक्षरता कक्षाले सुरक्षित बैदेशिक रोजगारको प्रक्रिया र विद्यमान समस्याको विषयमा जानकारी गाराउँनु भएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १८, २०७६ आइतवार - ०२:०९:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology