शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बालबालिकाहरुको बिचमा २ दिने सिकाई आदान प्रदान कार्यशाला सम्पन्न

बालबालिकाहरुको बिचमा २ दिने सिकाई आदान प्रदान कार्यशाला सम्पन्न

नागरिक पाटी

१८, फाल्गुण २०७६
  • 9.8K
    SHARES
  • मलेखु धादिङ ,१८ फाल्गुन । वडा बाल समूह सञ्जालमा आबद्ध बालबालिकाहरुको बिचमा २ दिने सिकाई आदान प्रदान कार्यशाला शनिबार सम्पन्न भएको छ। धादिङको गजुरी गाउँपालिका वडा नं।४,५र६ र बेनिघाट रोराङ गाउँपालिका वडा नं।२ र ३ का बालबालिकाहरुको लागि शुक्रबारबाट शुरु भएको कार्यक्रममा बालसमूह सञ्जालले गरेको राम्रो काम,कार्य सम्पादन गर्दाको समस्या चुनौती,र सवालमा रहेर अन्तरक्रिया गरिएको थियोे । धादिङ जिल्लामा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको स्थानीय प्रयास नेपाल धादिङको आयोजनामा २ दिने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बाल समुहरसञ्जाल किन रु यसको महत्त्व नेपालमा बाल अधिकारको अबस्था सन्धि सम्झौता, हस्ताक्षर र संविधानमा उल्लेखित बालबालिका सम्बन्धि बिषयबस्तु माथि पनि अन्तरक्रिया भएको थियोे । सिकाई आदान प्रदानमा कार्यक्रम संचालन पछि बालबालिकाहरुमा नेतृत्व क्षमता विकास तथा जिवनोपयोगि सीप विकास भएको सहभागीहरुको भनाई रहेको थियो । बाल सञ्जालका पदाधिकारीहरूले बाल विवाह न्युनिकरण गर्दाको चुनौती र सफल भएको सफलताको कथा पनि सुनाउनु भएको थियोे। स्थानीय तहले अपनत्व ग्रहण नगर्दा समूहरसञ्जाल लाई दिगोपना सम्म टिकाउने आधार पनि भएको बताउनुभयो । उक्त कार्यक्रममा गजुरी गाउँपालिका वडा नं।५ क‍ कार्यालयले बाल मैत्री स्थानीय शासनको ३९ वटा सुचक पार गर्दै घोषणाको अन्तिम चरणमा रहेको संञ्जालमा आबद्ध बालक्लबका पदाधिकारीहरुले बताउनु भयो भयो । प्रयास नेपाल धादिङले युएमएनको साझेदारीमा संचालित बालकेन्द्रीत सामुदायिक विकास कार्यक्रम अन्तर्गत गजुरी र बेनिघाट रोराङमा बिगत नौ बर्ष देखि बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको छ । परियोजनाको अन्तिम चरणमा रहेकाले बालिमुह तथा संञ्जालको संस्थागत विकास गरि दिगोपनको लागि गाउँ बालसमुह गठन ,नेतृत्व विकास परिचालन,निति नियम र कार्य योजना निर्माण सहित गाउँपालिकाहरुसँग आबद्धता गराउने संस्थापक उपाध्यक्ष कपिलदेव सापकोटाले जानकारी दिनु भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १८, २०७६ आइतवार - १४:०३:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology