धार्के , १८ फागुन । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ को दामेचौरमा रहेको जनभोजन कार्यालयमा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम सम्पन्न भएको छ । प्रेम सागर फाउन्डेशन नेपाल र सोचार्इ पोषणका लागि युवाको आयोजना मा तिनदिने तालिम सम्पन्न भएको छ । कार्यक्रममा आदर्श माध्यमिक विद्यालयका ६ कक्षा देखि ९ कक्षा सम्म पढ्ने विद्यार्थीहरुको लागि सन्तुलित आहाररअसन्तुलित आहार ,उमेर आनुसारको खानाको आवस्यकता,महिनावारि हुर्दा अपनाउनु पर्ने कुरा ,कुपोषण हुनुका कारणहरु ,सरसफाई लगाएत को बिषयमा सहभागी विद्यार्थीहरुलाई जानकारी गराइएको जनभोजन कार्यक्रमका व्यवस्थापक भोला राउतले जानकारी दिनु भएको छ ।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्य ,विशेष अतिथि उपाध्यक्ष अम्बिका रुपाखेती लगाएतका व्यक्तिहरुलाई आफ़ुहरुने ३ दिन सम्म सिकेका कुरा आmुले बनाएका सामाग्रीहरु सहित देखाएका थिए । कार्यक्रमामा बोल्नु हुदै उपाध्यक्ष रुपाखेतीले यति छोटो समयमा नै साना विद्यार्थीहरुले सिकेका कुराहरु स्पष्ट बताउन सक्ने र व्यवहारमा लागु गर्न सकेकोमा धन्यवाद िदनु भएको थियो ।

त्यसै गरी कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि समेत रहनु भएको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले तालिमबाट विद्यार्थीहरुले निकै राम्रो कुरा सिकेर हामीलाई सम्म बुजाउन सक्ने भएकोमा खुसि भएको बताउनु भयो । उहाँले विद्यार्थीले सिकेका कुरा विद्यालयमा पनि सिकाउन सके राम्रो हुने बताउनु भएको छ । तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष रामकुमार आचार्य,उपाध्यक्ष अम्बिका रुपाखेती, वडा नम्बर ५ का वडा अध्यक्ष भुमि बहादुर तामाङ ,प्रेम सागर फाउन्डेशन नेपाल द्धारा सञ्चालित जनभोजन कार्यक्रमका व्यवस्थापक भोला राउत , विद्यार्थी लगाएतको उपस्थिति रहेको थियो ।

प्रेम सागर फाउन्डेशन नेपाल जनभोजन कार्यक्रमले धादिङको साबिक तसर्पूका र मकवानपुर साबिक टिस्टुङका विभिन्न विद्यालयमा दिवा खाजा प्रतेक दिन ३ सय भन्दा बढि बालबालिका लाई खाना खुवाउँदै आएको छ । यस संस्थाले विभिन्न विद्यालयमा कम्प्युटर समेत प्रदान गरेर शिक्षा दिदै आएको छ । यस जनभोजा कार्यक्रम सञ्चालन गर्न दैनिक खाना खाजाको लागी ५० हजार खर्च हुने गरेको छ ।