शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रहरीद्धारा बरामद गरिएको घरेलु मदिरा नष्ट

प्रहरीद्धारा बरामद गरिएको घरेलु मदिरा नष्ट

नागरिक पाटी

१९, फाल्गुण २०७६
  • 11.9K
    SHARES
  • धादिङ फागुन १५ । धादिङको गल्छि गाउँपालिका भित्र पर्ने मच्छेडी खोला देखि बैरेनी बजार सम्म रहेका विभिन्न होटलहरु बाट छापामारि जपथ गरिएको घरेलु मदिरा प्रहरीले आज आइतबार दिउँसो नष्ट गरेको छ ।बैरेनी प्रहरी चौकी , गल्छि प्रहरी चौकी र गाउँपालिकाको सहयोगमा घरेलु मदिरा होटल तथा भट्टी पसलहरुबाट बरामद गरेको हो। मच्छेडी खोला देखि बैरेनी बजारका होटल तथा भट्टी पसलहरुबाट प्रहरीले बरामद गरेको ड्रम‚ ग्यालिनमा रहेको अन्दाजी १००० लिटर घरेलु मदिरा र मदिरा नष्ट गरेको हो ।समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अवैध घरेलु मदिरा नियन्त्रण अभियान एक महिना संचालन गरिने बताईएको छ । प्रहरीद्धारा बरामद गरिएको घरेलु मदिरा नष्ट कार्यक्रमा गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष वडा अध्यक्ष लगायतको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १९, २०७६ सोमवार - ०३:५२:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology