शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङ गल्छिका १५ जना अपाङ्गता भएका नागरिकहरुको लागि हुल्चियर वितरण

धादिङ गल्छिका १५ जना अपाङ्गता भएका नागरिकहरुको लागि हुल्चियर वितरण

नागरिक पाटी

२१, फाल्गुण २०७६
  • 9.3K
    SHARES
  • शिवराज आचार्य बैरेनी, २० फागुन । धादिङको गल्छि गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको लागी सहायक सामाग्री हुल्चियर वितरण गरिएको छ । अपाङ्गता भएका गाउँपालिका भित्रका १५ जना अपाङ्ग नागरिकहरु लाई सहायक सामाग्री हुल्चियर एक कार्यक्रमका विच वितरण गरिएको हो । जन्मजात अपाङ्गता भएका तथा विभिन्न दुर्घटनाबाट अङ्गभङ्ग भएका तथा अरुको सहयोगमा हिँडडुल गर्नु पर्ने नागरिकहरुलाई गल्छि गाउँपालिकाको आयोजना तथा राष्ट्रिय अपाङग पुर्न स्थापना समाज काठमाडौं र ल्याटर डे सेन्ट च्यारिटिस अमेरिकाको सहयोगमा निशुल्क रुपमा अपाङ्गता भएका नागरिकहरुलाई हुल्चियर, शौचालय चियर र बैशाकी वितरण गरिएको छ । कार्यक्रममा बोल्नु हुँदै राष्ट्रिय अपाङ्ग पुर्न–स्थापना समाज काठमाडौंका उपाध्यक्ष सुगम भण्डारीले अपाङगता भएका व्यक्तिहरुलाई हुल्चियर वितरण गर्न पाएकोमा खुसी भएको र आगामी दिनमा पनि अन्य अपाङ्ग भएका नागरिकहरुलाई सहयोग गर्दै जाने बताएका छन् । हुल्चियर वितरण कार्यक्रममा बोल्नु हुदै गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले अपाङग नागरिकहरु लाई यसरी सहायक सामाग्री वितरण गर्न पाउँदा गाउँपालिका पनि खुशी भएको बताउनु भएको छ । उहाँले यस सहायता सामाग्री वितरण गर्न सहयोग गर्नु हुने सहयोगी संस्थाहरु लाई धन्यवाद समेत दिनु भएको छ । गाउँपालिकाले केही समय अगाडी अपाङ्ग नागरिकहरुका लागी जिविको उर्पाजनमा सहयोग गर्न बाख्रा समेत वितरण गरिएको बताउनु भएको छ । यसै गरी कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले गाउँपालिका भित्रबाट छनोट गर्दा १५ जना अपाङग नागरिक हिँडडुल गर्न अरुको सहायता चाहिने व्यक्तिलाई राष्ट्रिय अपाङग पुर्न–स्थापना समाज र ल्याटर डे सेन्ट च्यारिटिस संस्थाको सहयोगमा सामाग्री वितरण गरिएको बताउनु भयो । विभिन्न समयमा गाउँपालिकाले अपाङग नागरिकहरुलाई सहयोग गर्दै आएको उहाँको भनाई छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ, उपाध्यक्ष राधा तिमल्सिना, राष्ट्रिय अपाङग पुर्न–स्थापना समाजका उपाध्यक्ष सुगम भण्डारी र ल्याटर डे सेन्ट च्यारिटिस अमेरीकाका ब्लेन भ्यान्डेन्बरघ,केयी भ्यान्डेन्बरघ, विभिन्न वडाका वडा अध्यक्षहरु, अपाङग कल्याण सँघ धादिङका अध्यक्ष गोविन्द खनाल महिला तथा बालबालिका शाखाका प्रमुख सानु भण्डारी लगायत अन्य नागरिकहरुको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २१, २०७६ बुधवार - ०३:३७:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology