आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङका दुई सहित विद्यालय बस सेवा कार्यक्रमको लागि बागमती प्रदेशका २५ विद्यालय छनौट

धादिङका दुई सहित विद्यालय बस सेवा कार्यक्रमको लागि बागमती प्रदेशका २५ विद्यालय छनौट

नागरिक पाटी

२१, फाल्गुण २०७६
  • 7.7K
    SHARES
  • धादिङ । वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले विद्यालय बस सेवा कार्यक्रमको लागि २५ वटा विद्यालय छनौट गरेको छ । मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत विद्यालय बस सेवा अनुदानको कार्यक्रमको लागि “विद्यालय बस सेवा कार्यक्रम सञ्चालन कार्यविधि २०७६” बमोजिम प्रदेश भित्रको १३ जिल्लाका २५ विद्यालय छनौटमा परेका हुन् । मन्त्रालयद्धारा प्रकासित सूचना अनुसार धादिङका दुई विद्यालय छनौटमा परेका छन् । गल्छि गाउँपालिकामा रहेको बागेश्वरी मावी र बेनिघाट रोराङ गाउँपालिकामा रहेको बागेश्वरी मावी छनौटमा परेका हुन् । यस्तै नुवाकोट जिल्लाका दुई विद्यालय विद्यालय बस सेवा कार्यक्रमको लागि छनौटमा परेको छ । छनौटमा परेको विद्यालयहरुमा बेलकोटगढी नगरपालिकामा अवस्थित महादेव माध्यामिक विद्यालय र विदुर नगरपालिकामा रहेको चण्डेश्वरी माध्यामिक विद्यालय रहेका छन् । त्यसैगरी रसुवाको कालिका गाउँपालिकामा रहेको कालिका हिमालय माध्यामिक विद्यालय छनोटमा परेको छ । यो सहित २५ विद्यालय छनौटमा परेका हुन् । मन्त्रालयमा शुक्रवार स्थानीय तहको जनप्रतिनिधि, सम्वन्धित विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिसँग त्रिपक्षीय सम्झौता गरिने सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २१, २०७६ बुधवार - १८:२१:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology