आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बेनिघाट रोराङमा चैत्र १ गते देखि ९ गते सम्म दादुरा रुबेला खोप अभियान संचालन हुदै

बेनिघाट रोराङमा चैत्र १ गते देखि ९ गते सम्म दादुरा रुबेला खोप अभियान संचालन हुदै

नागरिक पाटी

२२, फाल्गुण २०७६
  • 7.8K
    SHARES
  • धादिङ ,२१ फागुन । बिनिघाट रोराङ गाउपालिका वडा नम्बर ५ विशाल्टारमा गाउअपालिका स्तरिय खोप समितिका पदाधिकारीहरुका लागि दादुरा रुबेला खोप अभियाना सम्बन्धी समन्वय बैठक तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बेनिघाट रोराङ गाउपालिका स्तरी खोप सम्न्वय समितिका अध्यक्ष एवम गाउपालिका अध्यक्ष पित्त डल्लाकोटीको अध्यक्षतामा अभिमुखी करण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बेनिघाट रोराङ गाउपालिकाका उपाध्यक्ष देवि प्रसाद सिल्वाल ल, बेनिघाट रोराङ गाउपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, स्वास्थ्य चौकीका प्रमुख तथा प्रतिनिधि, विद्द्यालयका प्र अ तथा प्रतिनिधि, विभिन्न सङ्घ सस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । बेनिघाट रोराङ गाउपालिकाको आयोजनामा कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका सर्भिलेन्स मेडिकल अफिसर डाक्टर रुपेश तिमिल्सिनाले खोपको महत्त्व, खोपको अवस्था, खोपसङ्ग सम्बन्धित जोखिम, समस्या तथा चुनौतीहरु, खोप सम्बन्धी सूक्ष्म योजना तयार गरि प्रभाबकारी कार्यान्वयनका विषयमा सहजिकरण गर्नुभएको थियो । बेनिघाट रोराङ गाउपालिकाले वडा नम्बर १ देखि १० सम्मका सबै वस्तीका बालबालिकालाइ चैत्र १ देखि ९ गतेसम्म दादुरा रुबेला खोप लगाउने कार्ययोजना तयार भएको छ । बेनिघाट रोराङ गाउपालिकामा ५५ वट खोप केन्द्रहरुमा ९ महिना उमेर पूरा भइ ५९ महिना ननाघेका सबै बालबालिकालाइ दादुराको खोप लगाउने बेनिघाट रोराङ गाउपालिकाका स्वस्थ्य सम्योजक शङ्कर बाबू दुवाडीले जनाकारी दिनुभयो ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २२, २०७६ बिहिवार - ०२:५६:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology