आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य स्थिर

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य स्थिर

नागरिक पाटी

२२, फाल्गुण २०७६
  • 7.3K
    SHARES
  • काठमाण्डौ, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । त्रिवि शिक्षण अस्पतालमा ओलीको दोस्रो पटक सफल मिर्गौला प्रत्यारोपण गरिएको हो । अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा। प्रेमकृष्ण खड्गाले बताउनुभयो । ‘सबै मुख्य सूचकाङ्कहरु राम्रो अवस्थामा रहेका छन् । प्रत्यारोपित मिर्गौलाले काम गर्न सुरु गरिसकेको छ । प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ’, उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण शल्यचिकित्सा टोलीमा प्रा।डा। उत्तमकुमार शर्मा, प्रा।डा। प्रेम ज्ञवाली र अनन्त कुमार लगायतको टोलीको सहभागिता थियो । त्यसैगरी मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा।डा। दिव्यासिंह शाह, डा। महेश सिग्देल, डा। मुकुन्द काफ्ले र डा। रविन नेपाली लगायतको टोली सहभागिता थियो । कार्यकारी निर्देशक डा। खड्गाका अनुसार एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा। अनिल श्रेष्ठ र प्रा।डा। सुवास आचार्य लगायतको टोलीको सहभागिता रहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २२, २०७६ बिहिवार - ०३:३४:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology