शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सडकमा अब जथाभावी रुपमा निर्माण सामग्री राखेमा कारबाही गरिने

सडकमा अब जथाभावी रुपमा निर्माण सामग्री राखेमा कारबाही गरिने

नागरिक पाटी

२५, फाल्गुण २०७६
  • 5.2K
    SHARES
  • काठमाण्डौँ । अब जथाभावी रुपमा सडकमा तथा सार्वजनिक बाटोमा निर्माण सामग्री राखेमा कारबाही गर्ने गरि सरकारले नीति ल्याउने तयारी गरेको छ । जथाभावी रुपमा फालिएको निर्माणका कच्चा सामाग्रीका कारण वातावरणीय प्रदुषण बढाइरहेको निष्कर्ष निकाल्दै सरकारले रोकथाम गर्न लागेको हो । पछिल्लो समय उपत्यका लगायत ठूला सहरहरुमा वाातवणीय प्रदुषणको मात्रा बढिरहेको छ । सरकारले प्रदुषण नियन्त्रणका प्रभावकारी कार्यक्रम ल्याउन नसक्दा वातावरणीय प्रदुषण बढिरहेको जनगुनासो बढिरहेको छ । वातावरण विभागले भने सबै सरोकारवाला निकायको समन्वयको अभावका कारण पनि प्रदुषण नियन्त्रणमा थप चुनौती देखिएको बताएको छ । विभागले वातावरणीय प्रदुषण नियन्त्रणका लागि नै जथाभावी रुपमा सडक छेउछाउमा निर्माण सामाग्री फाल्न नपाउने गरि नीति ल्याउने तयारी भईरहेको बताएको छ । विभागककी महानिर्देशक आभा श्रेष्ठ कर्णले प्रदुषण नियन्त्रण गर्न जथाभावी सडकमा निमाृणका कच्चा पदार्थ राख्न नपाउने गरी नीति ल्याउन लागि बताएकी छिन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २५, २०७६ आइतवार - १६:५५:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology