शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

हेटौंडा भीमफेदी कुलेखानी सडक स्तरोन्नती हुँदै

हेटौंडा भीमफेदी कुलेखानी सडक स्तरोन्नती हुँदै

नागरिक पाटी

२९, फाल्गुण २०७६
  • 5.7K
    SHARES
  • हेटौंडा । बागमती प्रदेश सरकारले मदन भण्डारी मार्ग ९हेटौंडा–काठमाण्डौ छोटो सडक० अन्तर्गतको हेटौंडा भीमफेदी कुलेखानी सडक फराकिलो पार्न सुरु गरेको छ । बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय सरकारको राजधानी काठमाण्डौ जोड्ने सडकको स्तरोन्नती सहित चौडा पार्न लागिएको हो । भीमफेदी देखी कुलेखानीसम्म १५ किलोमिटर सडकलाई २ वटा प्याकेज बनाई मर्मतको काम थालिएको हो । सो खण्ड निर्माणका लागि १७ करोड २४ लाख १९ हजार ५ सय २१ रुपैयाँमा सो निर्माण कम्पनीले ठेक्का पाएको छ । यसैगरी देउरालीबाट कुलेखानी सम्मको ६ किलोमिटर सडक खण्ड निर्माणका लागि १५ करोड ७० लाख ६६ हजार ६ सय ३८ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । यी दुबै खण्ड निर्माणका लागि गत माघ १० गते ठेक्का काम सम्झौता गरेर निर्माण सुरु गरीएको हो । सडक स्तरोन्नतीको काम एक बर्षभीत्र सम्पन्न गर्नै गरी सम्झौता गरिएको भौतिक पूर्वाधार बिकास मन्त्रालयले जानकारी दिएको छ । दुबै खण्ड निर्माणका लागि अलग अलग निर्माण कम्पनीहरुले ठेक्का पाएका छन् । यो सडकको मोड सुधार गर्नुका साथै सडकलाई ६ मिटर चौडा र कालोपत्रै समेत हुने भौतिक पूर्वाधार बिकास मन्त्रालयका ईन्जिनियर नबिन सिंहले जानकारी दिनुभयो । यो सडकको स्तरोन्नतीपछि प्रदेशका १२ जिल्लाहरुलाई राजधानी हेटौंडा आउन थप सहज हुने बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो । हेटौंडाबाट काठमाण्डौ जान पृथ्बी राजमार्ग, त्रिभुबन राजपथ, कान्ति लोकपथ, हेटौंडा–कुलेखानी–सिस्नेरी–काठमाण्डौ सडक, हेटौंडा–कुलेखानी–फाखेल–काठमाण्डौ सडक, हेटौंडा–कुलेखानी–महालक्ष्मीखोला–काठमाण्डौं सडक, हेटौंडा–भीमफेदी–ईपा–काठमाण्डौं सडक लगायतका रहेका छन् ।खबर ब्रेकको सहयोगमा

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २९, २०७६ बिहिवार - ०२:०६:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology