शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा ३ सय जन्ती रित्तै हात घर फर्किए

धादिङमा ३ सय जन्ती रित्तै हात घर फर्किए

नागरिक पाटी

२९, फाल्गुण २०७६
  • 16.4K
    SHARES
  • धादिङ । वेहुलीको उमेर नपुगेका्ले विवाह रोक्न भन्दै स्थानीय प्रहरीमा उजुरी परे पछि ३ सय जन्ती मण्डपमै नपुगेर फर्केका छन् । गजुरी–६, मिलनटार निवासी धु्रव सुवेदीले १८ वर्षीय छोरी सपना सुवेदीको कन्यादान गर्न हिजो देखिनै आफन्तजन निम्तो गरेका थिए । विहानै मण्डप तयार थियो । गल्छी–६, वाहुन पलाङ स्थित कृष्ण अधिकारीका २९ वर्षीय छोरा कविराज संग आज बुधवार विबाह हुदै थियो । सम्धी कृष्णअधिकारीले २ बस, र अन्य गाडी रिजर्व गरि ३ सय जन्ती लिएर आउदैं गरेको खवर फोनमा पाई सकेका थिए । तर जन्तीको साटो गल्छी स्थित वैरेनी प्रहरीचौकीवाट महिला प्रहरी पुगेर उमेर नपुगेकोले विवाह रोक्न भन्ने सन्देस पाए । स्थानीय आमा समूहले उमेर नपुगेकोले विवह नगरि दिन वारम्वार मौखिक अनुरोध गरे पनि नमाने पछि गजुरी स्गित ईलाका प्रहरीमा विवाह रोक्न उजुरी परेको थियो । माईती पक्ष लाई विवाह रोक्न आदेश लिदएको प्रहरीले दुलाहापक्षका जन्ती लाई आदमघाट स्थित शसस्त्र प्रहरी वेसक्याम्पवाटै फकार्एैको थियो । वेहुला पक्षले गल्छी गाउंपालिका उपाध्यक्ष राधा तिमिल्सेनालाई पनि यस वारे सोधेका थिए । उपाध्यक्ष राधाले प्रहरीले रोकेको भए कानुन लाई सहयोग गर्न जन्ती फर्कन आग्रह गनु भएको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २९, २०७६ बिहिवार - ०३:०७:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology