शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश हुँदै

कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश हुँदै

नागरिक पाटी

२९, फाल्गुण २०७६
  • 4.4K
    SHARES
  • काठमाडौं । कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र भारतीय पक्षले अतिक्रमण गरेका नेपाली भूभाग फिर्ता गराउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश हुँदै छ । आज बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा नेकपा सांसद खगराज अधिकारीले संकल्प प्रस्ताव पेश गर्न लागेका हुन् । सो प्रस्तावको समर्थक नेकपाकै सांसद रामकुमारी झाँक्री छिन् । प्रतिनिधिसभाको बैठक आज बिहीबार बिहान ११ बजे बस्दै छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा यो संकल्प प्रस्तावलाई पनि राखिएको छ । पूर्वमन्त्रीसमेत रहेका अधिकारीले चार महिनाअघि नै यो संकल्प प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए । ‘भारत सरकारले नेपालको दार्चुला जिल्लाको कुटियाङ्दी र लिम्पियाधुरा क्षेत्र समावेश गरी भारतको नक्सा प्रकाशित गरेपछि सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकाले कूटनीतिक र अन्य पहलकदमी गरी नेपालको भूभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएकाले’ संकल्प प्रस्ताव पेश गर्न लागिएको उल्लेख छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २९, २०७६ बिहिवार - १६:४८:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology