शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छीका सम्पूर्ण वडाहरुमा अनलाईन व्यक्तिगत घटना दर्ता कार्यक्रम सुरु

गल्छीका सम्पूर्ण वडाहरुमा अनलाईन व्यक्तिगत घटना दर्ता कार्यक्रम सुरु

नागरिक पाटी

१, चैत्र २०७६
  • 7.8K
    SHARES
  • धार्के । धादिङको गल्छी गाउँपालिकाका सम्पूर्ण वडाहरुमा अनलाईन व्यक्तिगत घटना दर्ताको कार्यक्रम सुरु गरिएको छ । गल्छी गाउँपालिका वडा नं। ३ बाट अनलाईन व्यक्तिगत घटना दर्ता प्रारम्भ गरि पूर्ण अनलाईन घटना दर्ता गाउँपालिका घोषणा गरिएको हो । गल्छि गाउँपालिका अन्तर्गतका जम्मा ८ वटा वडाहरु मध्ये ७ वटा वडाहरुमा एस अघिनै अनलाईन बाटै घटना दर्ता गरिए पनि वडा नं। ३ आमडाडामा प्राबिधिक कारणबश इन्टरनेट जडान गर्न नसकिएका कारण ढिला गरि सुरुवात भएको हो । सूचना प्रबिधि अधिकृत नमराज अधिकारी र अन्य टिमको सहकार्यमा सबै वडाहरुमा अनलाईन व्यक्तिगत घटना दर्ता सम्भव भएको गल्छी गा।पा। वडा नं। ३ का वडा अध्यक्ष तथा जडान कार्यका संयोजक कपिल प्रसाद रेग्मीले बताएका छन् । सामान्य प्रकृतिका कामका लागि गाउँपालिका नै धाउनु पर्ने समस्या अब अन्त्य भएकोले वडा बासि खुसि भएको समेत उहाँले बताउनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १, २०७६ शनिवार - ०१:३४:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology