आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एभरेष्ट इट्टा उद्योगमा काम गर्ने कामदारका बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग

एभरेष्ट इट्टा उद्योगमा काम गर्ने कामदारका बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग

नागरिक पाटी

४, चैत्र २०७६
  • 9.2K
    SHARES
  • धादिङ । धादिङको इट्टा उद्योगमा काम गर्ने श्रमिकका १७ जना बालबालिकालाई सोमबार शैक्षिक सामग्री सहयोग गरीएको छ । थाक्रे गाउँपालिका वडा नं. ७ स्थित एभरेष्ट इट्टा उद्योगमा काम गर्ने श्रमिकका बालबालिकाहरुलाई स्थानीय संस्था प्रयास नेपाल धादिङले शैक्षिक सामग्री वितरण गरेको हो । श्रमिकका विद्यालय जाँदै गरेको बालबालिकालाई सहयोग स्वरुप विद्यालय पोशाक, कापी, कलम, पेन्सिल, ईरेजर र झोला वितरण गरेको हो । आफ्नो छोराछोरीका लागी पाएको शैक्षिक सामग्रीले निरन्तर विद्यालय पठाउन हौसला मिलेको अभिभावक भिम कुमारी विकको भनाई छ । त्यसैगरी अर्का अभिभावक छत्र बहादुर रसाईली भन्नुहुन्छ, “ बालबालिकालाई सहयोग र समय समयमा नयाँ र आफुलाई कामलाग्ने कुराहरु सिकाउनुहुन्छ, निकै खुसी लाग्छ ।” शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै जनता आधारभुत विद्यालयका शिक्षक इन्दिरा सुवेदीले इट्टा उद्योगमा आउने कामदारका बालबालिकाहरु शैैक्षिक वर्षको मध्यमा आउने भएता पनि संस्थाको सहजीकरणले उद्योगमा आउनावित्तिकै विद्यालयमा भर्ना हुने दर बढेको बताउनुभयो । साथै शैक्षिक सामग्री सहयोगले बालबालिकाको मनोबल समेत उच्च हुने बताउनुभयो । कार्यक्रमका अध्यक्ष तथा उद्योगी पुष्पराज कडेंलले प्रयास नेपालले उद्योगमा रहेका बालबालिकालाई सहयोग र श्रमिकहरुलाई समेत अभिमुखिकरण गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । प्रयास नेपाल र ग्लोबल फेयरनेश इनिसियटिभको साझेदारीमा संचालित परियोजना बेटर ब्रिक नेपालले इट्टा उद्योगका मजदुरका बालबालिकालाई शिक्षासँग जोड्ने काम विगत ४ वर्ष देखि गर्दै आएको छ । धादिङका ५ वटा ईट्टा उद्योगमा बेटर ब्रिक ‑ नेपाल परियोजना संचालन भईरहेको छ । यस परियोजनाले बालबालिकालाई शिक्षासँग जोड्नका लागि उद्योगमा नै प्रारम्भिक बाल विकास केन्द्र संचालनमा ल्याएको छ । भने ५ वर्ष भन्दा बढी उमेरका बालबालिकालाई उद्योग नजिकैको विद्यालयसँग समन्वय गरी बालबालिकालाई शिक्षाको पहँुचमा पु¥याउनको लागि सहजीकरण गरीरहेको फिल्ड संयोजक सुनिता कडेलले जानकारी दिनुभयो ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ४, २०७६ मंगलवार - ०३:२५:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology