शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

टिपरको ठक्करले आमा-छोरीको मृत्यु : पनौतीमा अनिश्चितकालीन कर्फ्यु

टिपरको ठक्करले आमा-छोरीको मृत्यु : पनौतीमा अनिश्चितकालीन कर्फ्यु

नागरिक पाटी

४, चैत्र २०७६
  • 6.6K
    SHARES
  • पनौती । काभ्रे जिल्ला प्रशासन कार्यालयले पनौती बजारका केही क्षेत्रमा आज विहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरेको छ । पनौती बजारको पूर्व शङ्खु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडोबाटोसम्म एक किलोमिटर र दक्षिण बेथानचोक जाने बाटोको एक किलोमिटरसम्म कर्फ्यु आदेश जारी भएको कार्यालयले जनाएको छ । सोमबारको घटनालाई लिएर आज पनि परिस्थिति असहज बन्दै गएपछि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । “हिजोको घटनाले आज पनि परिस्थिति भड्किन सक्ने अवस्था देखेपछि बिहान ९ बजेदेखि अनिश्चितकाल सम्मका लागि कर्फ्यु आदेश जारी गरेका छौँ”, उनले भने । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती बसपार्कमा सोमबार अपराह्न टिपरले ठक्कर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको थियो । खानीखोला गाउँपालिका १ की ३२ वर्षीय जुनीमाया गोले र उनकी तीन वर्षीय छोरीको टिपरको ठक्करले मृत्यु भएको थियो । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । अवस्था तनावग्रस्त बनेपछि लागेको कर्फ्यूका कारण म‌ंगलबारको कक्षा ८ को परीक्षा समेत स्थगित भएको छ। रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ४, २०७६ मंगलवार - १८:२९:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology