शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

तीन दिनमा काठमाण्डौबाट तीन लाखभन्दा बढी यात्रु बाहिरिए

तीन दिनमा काठमाण्डौबाट तीन लाखभन्दा बढी यात्रु बाहिरिए

नागरिक पाटी

८, चैत्र २०७६
  • 5.2K
    SHARES
  • काठमाण्डौ । कोरोना भाइरसको जोखिम बढेसँगै काठमाण्डौ छाड्ने यात्रुको सङ्ख्या बढेको छ । गएको तीन दिनमा झण्डै तीन लाखभन्दा बढीले काठमाण्डौ छोडेका छन् । महाशाखाका अनुसार कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले स्कुलरकलेज बन्द तथा बढी भिडभाड हुने ठाउँमा २५ जनाभन्दा बढी भेला नगर्न निर्देशन दिएपछि उपत्यका छाड्नेको सङ्ख्या बढेको हो । ट्राफिक प्रहरी महाशाखाकाअनुसार गएको मङ्गलबारदेखि बिहीबारसम्म तीन दिनमा झण्डै तीन लाख जनाले उपत्यका छाडेका छन् । महाशाखाले तीन दिनमा दुई लाख ९५ हजार ५२१ जनाले उपत्यका छाडेका जनाएको छ । उपत्यका छाड्नेको सङ्ख्या बढेसँगै आज दिउँसोदेखि साँझसम्म पनि काठमाण्डौको मुख्य नाका कलङ्की(थानकोट सडकखण्डमा लामो जाम भएको थियो । सबैभन्दा धेरै बिहीबार एकै दिन उपत्यकाबाट एक लाख ८ हजार ४५८ यात्रु बाहिरिएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ८, २०७६ शनिवार - ०४:१०:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology