शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गाँजाको असर अध्ययन गर्न समिति गठन

गाँजाको असर अध्ययन गर्न समिति गठन

नागरिक पाटी

८, चैत्र २०७६
  • 5.0K
    SHARES
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आर्युवेद विभागले ‘गाँजा सेवन असर अध्ययन समिति’ गठन गरेको छ । संघीय संसदको प्रतिनिधिसभा र बागमती प्रदेशसभामा गाँजालाई वैधानिकता दिने सम्बन्धी गैरसरकारी विधेयक दर्ता भएपछि विभागले अध्ययन समिति गठन गरेको हो । काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा।राजेन्द्र ज्ञवालीको संयोजकत्वमा १० सदस्यीय अध्ययन समिति गठन गरेको विभागले जनाएको छ ।समितिमा आर्युवेद डाक्टर प्रेरक रेग्मी, कक्षप श्रेष्ठ, पतञ्जली मेडिकल कलेजका लेक्चरल डाक्टर मदन थापा, मेडिकल डाक्टर सरोज लामिछानेलगायत छन् । समितिलाई गाँजा सेवनले मानव स्वास्थ्यमा पर्न सक्ने सकारात्मक र नकारात्मक असरबारे अध्ययन गरी आगामी असार मसान्तभित्र सुझाव दिन भनिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ८, २०७६ शनिवार - २०:१०:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology