शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाडौंबाट आज पौने दुई लाख भन्दा बढि यात्रु बाहिरिए

काठमाडौंबाट आज पौने दुई लाख भन्दा बढि यात्रु बाहिरिए

नागरिक पाटी

९, चैत्र २०७६
  • 6.9K
    SHARES
  • काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९ )को सम्भावित जोखिमबाट बच्‍न उपत्यका छाड्‍ने को जमात दैनिक बढ्दो छ ।आज शनिबार सबैभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन् । महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार शनिबार साँझसम्म एकैदिन १ लाख ८६ हजार ५ सय ४९ यात्रु बाहिरिएका हुन् । यही दिन बाहिरिने गाडीको संख्या २७ हजार २ सय ६० रहेको छ। त्यस्तै शनिबार नै ४० हजार १ सय ६३ यात्रुसँगै १४ हजार ५ सय ७४ सवारी साधन काठमाडौं भित्रिएका छन्। बुधबारयता काठमाडौं छाड्‍ने यात्रुको संख्या ४ लाख ७० हजार १ सय १७ रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख (एसएसपी) भिमप्रसाद ढकालले बताए। उनका अनुसार टिकट काउन्टर र बसपार्कमा शनिबार यात्रुको भिड अघिपछि भन्दा बढी रहेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ९, २०७६ आइतवार - ०३:१२:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology